गृहपृष्ठ ∕
खेल ∕
राष्ट्रिय बक्सिङमा सुस्मा र अस्मिता अन्तिम चारमा राष्ट्रिय बक्सिङमा सुस्मा र अस्मिता अन्तिम चारमा
काठमाडौँ । लुम्बिनी प्रदेशकी सुस्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा पुगेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० कभर्डहलमा भएको महिला ५० केजी तौल समूहमा सुस्मिता र अस्मिताले अन्तिम चारको यात्रा तय गरेका हुन् । अस्मिताले मधेस प्रदेशकी मनिषा राई र अस्मिताले एपिएफकी सानुमाया थिङलाई हराइन् ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ संघद्वारा संयुक्त आयोजित प्रतियोगितामा महिला ५७ केजीमुनि तौलसमूहमा स्वस्तिका तिरुवाले खेल्न पाइनन् । खेल निर्णायकले बोलाएपछि स्वस्तिका र उनका प्रतिद्वन्द्व कोशी प्रदेशकी नारिका राई रिङमा उत्रिएका थिए ।
तर, खेल शुरु हुन लाग्दा प्रतियोगिताका टेक्निकल प्रमुख पुस्करराज पन्तले स्वस्तिकाले खेल्न नपाउने भन्दै रोकपछि लामो समय विवाद उत्पन्न हुन पुग्यो । आइबाको नियमअनुसार १९ वर्षदेखि ४० वर्षसम्म उमेरका बक्सरले मात्र एमेच्योर बक्सिङ खेल्न पाउँछन् । स्वस्तिका उक्त उमेर पुगेकी थिइनन् । तर टेक्निकल पन्तले प्रतिष्पर्धा हुनु पुर्व नै त्यसबारे जाँच नगरी रिङमा बोलाएको र रिङबाट खेलाडी अयोग्य हुँदा उनीहरूको मनोबल घट्ने भन्दै प्रशिक्षक प्रतिवादमा उत्रिएका हुन् । लामो समयपछि विवादपछि खेल सञ्चालन भयो र कोशीकी नारिका राई विजेता घोषणा भइन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो
काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति
काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को
पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको
बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका
काठमाडौँ । भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो