Techie IT
२०८१ वैशाख २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलफिफा वरीयतामा नेपाल तीन स्थान खस्कियो

फिफा वरीयतामा नेपाल तीन स्थान खस्कियो


काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाली फुटबल टिम तीन स्थान घटुवामा परेको छ ।

फिफाले बिहीबार अद्यावधिक गरेको वरीयताअनुसार नेपाल हाल १७८औँ स्थानमा छ । यसअघि नेपाल वरीयताको १७५औँ स्थानमा थियो ।

फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणका खेलमा खराब नतिजा निकालेपछि नेपाल घटुवामा परेको हो । छनोटको दोस्रो चरणमा समूह ‘एच’ मा रहेको नेपालले ‘फेब्रुअरी विन्डो’मा बहराइनसँग दुई खेल खेलेको थियो । नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको मैदान दशरथ रंगशाला खेल्न योग्य नभएपछि ‘होम र अवे’ दुवै खेल बहराइनमै खेलेको नेपालले पहिलो खेलमा ५–० र दोस्रो खेलमा ३–० को हार बेहोरेको थियो ।

दक्षिण एसियातर्फ भारत शीर्ष स्थानमा छ । तर, भारतको प्रदर्शन पनि निराशजनक भएपछि सुनिल क्षेत्रीको कप्तानीमा रहेको टिम चार स्थान खस्किएको छ । यसअघि ११७औँ स्थानमा रहेको भारत हाल १२१औँ स्थानमा झरेको छ । यस्तै, साफको दोस्रो स्थानमा रहेको माल्दिभ्स १६१औँ स्थानमा छ । चौथो स्थानको बंगलादेश १८४औँ, पाँचौँ स्थानको भुटान १८५औँ, छैटौँ स्थानको पाकिस्तान १९५औँ र सातौँ स्थानको श्रीलंका २०४औँ स्थानमा छ ।

विश्व वरीयताको शिर्ष भने विश्वकप विजेता अर्जेन्टिना शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानमा फ्रान्स, तेस्रो स्थानमा बेल्जियम, चौथोमा इंग्ल्यान्ड र पाँचौँमा ब्राजिल छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि इङ्ग्ल्यान्ड जाँदै

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का

Techie IT