Techie IT
२०८१ जेठ १०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलआयरल्यान्डले नेपाल ‘ए’ लाई दियो १७५ रनको लक्ष्य

आयरल्यान्डले नेपाल ‘ए’ लाई दियो १७५ रनको लक्ष्य


काठमाडौँ । आयरल्यान्ड ‘ए’ ले दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ लाई १७५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ३८.४ ओभरमा १७४ रनमा अल आउट भयो । आयरल्यान्डका लागि गानिभ होयले अर्धशतकीय पारी खेले । उनले ५९ बल खेल्ने क्रममा दुई छक्का र पाँच चौको सहयोगमा ५० रन बनाए ।

कप्तान निल रकले ३८ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ४५ रन बनाए भने लियाम मकार्थीले ३५ रन बनाए । साथै पिटर मुरले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।

नेपाल ‘ए’का लागि रिजन ढकाल र सहाब आलमले तीन÷तीन विकेट लिए भने मौसम ढकालले दुई र कमल ऐरीले एक विकेट लिए ।

प्रतियोगिताको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ २१ रनले पराजित भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बंगालदेश जाने कबड्डी टोलीको विदाई

काठमाडौँ । बंगलादेशको ढाकामा मे २६ देखि जुन ३ तारिखसम्म हुने चौथो बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी टोलीलाई एक

सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिएन

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिका

ओलम्पिक छनोटका लागि नेपाली बक्सिङ टोली बैंकक जाँदै

काठमाडौँ । बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली भोलि थाइल्यान्डको बैंकक जाने भएको

आज भलिबल दिवस

काठमाडौँ । आज जेठ ८ गते, भलिबल दिवस । नेपाल भलिबल सङ्घले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा दिवस

आर्सनललाई २ अङ्कले पछि पार्दै सिटीलाई कीर्तिमानी लिग उपाधि

काठमाडौँ । इंग्लिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको प्रिमियर लिगको अन्तिम खेलमा वेस्ट ह्यामलाई ३–१

काठमाडौँ महानगरपालिकाले जित्यो खुला मेयर कप फुटबल खेलको विजेता

काठमाडौँ । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका विजेता भएको छ । गोदावरी नगरपालिका

Techie IT