Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलविश्वकपका लागि नेपालको जर्सी सार्वजनिक

विश्वकपका लागि नेपालको जर्सी सार्वजनिक


काठमाडौँ । आइसिसी ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट राष्ट्रिय टोलीको जर्सी सार्वजनिक भएको छ ।

आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इण्डिजमा संयुक्त रूपमा ट्वान्टी–२० विश्वकप आयोजना हुँदैछ । सो विश्वकप खेल्ने नेपाली राष्ट्रिय टोलीको जर्सी सार्वजनिक भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उक्त जर्सी सार्वजनिक गरेका हुन् । मन्त्री श्रेष्ठले विश्वकप खेल्न नेपालको जर्सी सार्वजनिक गर्न पाउँदा खुसीको क्षण रहेको उल्लेख गर्दै नेपाली क्रिकेटले गर्दा समग्र खेलकुदमा नै उत्साह बढेको बताए ।

राखेपका सदस्यसचिव घिसिङले एकै वर्ष नेपालको दुई टोली (नेपालको यु–१९ पुरुष टोलीको विश्वकपमा सहभागिता) ले विश्वकप खेल्नु गौरवपूर्ण अवस्था रहेको उल्लेख गर्दै नेपाली टोलीको सुन्दर जर्सीसँगै प्रदर्शन पनि सुन्दर हुने आशा व्यक्त गरे ।

नेपालले दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्न लागेका हुन् । क्यानका सचिव पारस खड्काको नेतृत्वमा नेपालले सन् २०१४ मा पहिलो पटक टवान्टी–२० विश्वकप खेलेको थियो । सोमबार जर्सी सार्वजनिकमा क्यानका सचिव पारस खड्काले फरक भुमिकामा रहेर विश्वकपको जर्सी सार्वजनिक गर्ने अवसरमा साक्षी हुनु पाउनु गौरवको क्षण रहेको बताए ।

यद्यपि, खेलाडी र प्रशासकका रूपमा विश्वकप जर्सीमा सार्वजनिक गरेका पारसले यो ऐतिहासिक क्षणमा राष्ट्रिय टोलीलाई सहभागी गराउने आवश्यकता देखेनन् । क्यानले जर्सी सार्वजनिक कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान वा कुनैपनि खेलाडीलाई भने समावेश गरेनन् । १० वर्षपछि विश्वकप खेल्न लागेको नेपाली क्रिकेटका लागि ऐतिहासिक क्षण रहेको अवसरमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल वा कुनैपनि खेलाडीलाई समावेश नगराउनु क्यानको खराब पक्ष हो ।

उक्त विश्वकप खेल्ने जर्सी खेलकुद पोशाक कम्पनी केल्मी नेपालले निर्माण गरेको क्यानले जानकारी दियो । केल्मी नेपालका निर्देशक उत्तम न्यापानेले उक्त जर्सीमा सूर्य किरण र गोल्डेन कलर रहेको र जसको प्रतिक वारियरका साथै उदाउँदो रहेको जानकारी दिए । न्यौपानले जर्सीमा गैंडाको र सगरमाथाको चित्रका साथै दुई काँधको झण्डा राष्ट्रको समावेश गरिएको बताउनु भयो । केल्मी नेपालले छिट्टै कुनै प्रतियोगितामार्फत उक्त जर्सी नेपाली राष्ट्रिय टोलीलाई उपलब्ध गराउने र समर्थकका लागि पनि बुकिङ खुला गरिने जानकारी दिएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप

काठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं

Techie IT