Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलबैशाख ४ गतेदेखि १४ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड हुँदै

बैशाख ४ गतेदेखि १४ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड हुँदै


काठमाडौँ । आगामी बैशाखको पहिलो सातामा लामो इतिहास बोकेको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा आगामी बैशाख ४ गतेदेखि ६ गतेसम्म दशरथ रंगशालामा हुने भएको हो ।

७७३ वटा स्थानीय तहबाट छनोट गरिएको केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुन लागेको हो । राखेपले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै यस संस्करणको बारेमा जानकारी दिएको हो । सात प्रदेशबाट १८ वर्ष मुनिका ६ सय ८६ खेलाडीले यस पटक चुनौति प्रस्तुत गर्न लागेका हुन् ।

यो प्रतियोगितामा कुल ६ वटा खेलमा प्रतिष्पर्धा हुँदै छ । छात्रा र छात्रले एथ्लेटिक्स, भलिबल, कराते, कबड्डी, तेक्वान्दो र उसु विधाका खेलमा प्रतिष्पर्धा हुने छन् । एथ्लेटिक्समा छात्रा र छात्रमा गरी समान १३ स्वर्ण, कराते, तेक्वान्दो र उसुमा समान ६र६ स्वर्ण गरी ३६ स्वर्ण, कबड्डी र भलिबलमा समान एक स्वर्ण गरी चार स्वर्णमा प्रतिष्पर्धा हुने छन् । यो प्रतियोगितामा सहभागी हुने खेलाडीले यातायात खर्चका साथै दैनिक १३ सयका दरले भत्ता पनि पाउने राखेपका प्रतियोगिता संयोजक मीन शर्माले जानकारी दिए ।

हरेक विधामा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले नगद पुरस्कार पाउने छन् । यद्यपि, उनीहरूले पाउने पुरस्कारबारे भने तय नभईसकेको शर्माले जानकारी दिए । तर तीन पटक च्याम्पियन टोलीले रनिङ शिल्ड पाउने छन् । प्रतियोगितामा कीर्तिमान बनाउने खेलाडीले १५ हजार रुप्रयाँ नगद पुरस्कार पाउने बताए । यसअघि लुम्बिनी प्रदेशले तीन पटक च्याम्पियन भएपछि रनिङ शिल्ड आफ्नो बनाएपछि नयाँ रनिङ शिल्ड बनाइएको छ । प्रतियोगिताका लागि करिब एक करोड ५० लाख खर्च हुने राखेपले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको महत्व र स्थान धेरै उचो रहेको उल्लेख गर्दै यहाँबाट राष्ट्रिय टोली छनोटको माध्यमसमेत रहेको धारणा राखे । उनले सबै पक्षबाट यो प्रतियोगिाको सफल आयोजनामा सहयोग हुनुपर्ने र राखेपले पनि यो आयोजनापछि खेलाडीको गन्तव्य कहाँ हुने भन्ने रोड म्याप तयार पारिने विश्वास व्यक्त गरे ।

राखेप सदस्यसचिव घिसिङले यहाँबाट निस्किएका प्रतिभाशाली खेलाडीको संरक्षणका लागि संघहरू पनि जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसिया कप खेलेर फर्कियो महिला टीम

काठमाडौँ । श्रीलंकामा महिला एसिया कप टी–२० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ । प्रतियोगितामा नेपालले तीन खेल

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

काठमाडौँ । नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ

महिला एशिया कप टि–२० क्रिकेटमा नेपाल र भारत भिड्दै

काठमाडौँ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल

दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक

काठमाडाैँ । ११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छिन् ।

महिला टी–२० एसिया कपमा आज नेपालले यूएईसँग खेल्दै

काठमाडौँ । महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । दम्बुलामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज

भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ । जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजना

Techie IT