Techie IT
२०८१ असार ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलमछिन्द्रले हिमालयन शेर्पालाई हरायो

मछिन्द्रले हिमालयन शेर्पालाई हरायो


काठमाडौँ। मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ। शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।

मछिन्द्रको लागि खेलको २६ औं मिनेटमा विमल घर्ती मगरले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। त्यस्तै, आफिज ओलावालेले खेलको ६८ औं मिनेटमा तथा ७७ औं मिनेटमा गोल गरे।

हिमालयनका पिस्टोन मुटुम्बाले खेलको ९० औं मिनेटमा गोल गरेका हुन्।

जितसँगै मछिन्द्रले २५ खेलमा ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। हिमालयनले २५ खेलमा ३१ अंक जोडेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु

काठमाडौँ । ‘खेलौं रमाऔं खेलकुद उत्सव मनाऔं’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा खेलकुद सप्ताह सुरु भएको छ

नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अजलकाजी ताम्राकारको दुई राष्ट्रिय कीर्तिमान

काठमाडाैँ । ललितपुरमा चलिरहेको प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अजलकाजी ताम्राकारले दुई वटा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले पुरुष

ह्वीलचेयर बास्केटबलको उपाधि एपीएफ र सुदूरपश्चिमलाई

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत ह्वीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्

कुमार राई यु-२० महिला राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौँ । कुमार राईलाई यु–२० महिला राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेदारी दिइएको छ । नेपाल भलिबल संघ (एनभिए) ले

पेरिस पारा ओलम्पिकमा भीमबहादुर कुमालले पाए ‘वाइल्ड कार्ड’

काठमाडौँ । नेपाली पारा पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पारा ओलम्पिक २०२४ खेल्ने भएका छन् । पारा ओलम्पिक फ्रान्सको पेरिसमा

सातौँ एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालकी रितिका बनिन् ‘बेस्ट फाइटर’

काठमाडौँ । सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी रितिका दर्नालले महिलातर्फ बेस्ट फाइटरको अवार्ड जितेकी छन् । भारतको

Techie IT