Techie IT
२०८२ वैशाख २०, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलएसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दै

एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दै


काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिष्पर्धा गर्दैछ । खेल पौने १२ बजेबाट शुरु हुनेछ ।

यसअघिका तीन खेल जितिसकेको नेपाल एक खेल अगावै समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेको छ । यसअघि नेपालले कतार, मलेसिया र हङकङलाई पराजित गरेको थियो ।

समूह एमा नेपालसँगै साउदी अरेबिया, कतार, मलेसिया र हङकङ छन् । समूह बिमा भने तीनमा तीन वटै जित निकालेको घरेलु टोली ओमान शीर्ष स्थानमा छ ।

त्यस्तै समूह बिमा कुवेत, युएई, बहराइन र कम्बोडिया रहेका छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

सेमिफाइनलमा विजेता दुई टोलीले फाइनल खेलेसँगै फाइनलमा पनि विजेता टोलीले एशिया कप टि २० प्रतियोगितामा स्थान बनाउनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

Techie IT