Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’


काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

सिरिजको तीन खेलको समाप्तीमा वेस्टइन्डिज ‘ए’ ले २(१ को अग्रता बनाएको छ । त्यसैले सिरिजमा कायम रहन आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । वेस्टइन्डिजले जितेमा सिरिज नेपालले अन्तिम खेल अगावै गुमाउने छ ।

नेपालले आज तेस्रो खेलको टोलीमा ८ खेलाडी परिवर्तन गरेको छ । आज अघिल्लो दिनको टोलीमा नरहेका कुशल भुर्तेल, आसिफ शेख, कप्तान रोहित पौडेल, ललित राजवंशी, सोमपाल कामी, अभिनास बोहरा, प्रतिश जिसी र सन्दीफ जोरालाई मैदानमा उतारेको छ ।

तेस्रो टी(२० खेलेका दिपेन्द्र सिंह ऐरी, गुल्सन झा र कुशल मल्लले मात्र आज निरन्तरता पाएका छन् ।

यसअघि तेस्रो टी(२० मा प्लेइङ ११ मा रहेका लोकेश बम, विनोद भण्डारी, अनिल साहा, आरिफ शेख, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी आज बेन्चमा रहेका छन् । नेपालले विश्वकपमा घोषित टोलीका सदस्यलाईनै प्लेइङ ११ मा मौका दिएको हो ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल (कप्तान) , कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी, अभिनास बोहरा, प्रतिश जिसी र सन्दीप जोरा ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप

काठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं

Techie IT