Techie IT
२०८१ साउन १०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलदीपेन्द्र टी–२० वरीयताको शीर्ष १० मा परे

दीपेन्द्र टी–२० वरीयताको शीर्ष १० मा परे


काठमाडौँ । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा परेका छन् ।

आईसीसीले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र टी–२० अलराउण्डरतर्फ १० औं स्थानमा छन् । उनले एक स्थान सुधार गरेका हुन् । दीपेन्द्र शीर्ष १० मा अट्ने एसोसिएटका एक्लो अलराउण्डर हुन् । अलराण्डरतर्फ एसोसिएटबाट दीपेन्द्रपछि नामिबियाका जेराल्ड इरास्मस १३ औं स्थानमा छन् ।

टी–२० अलराउण्डरतर्फ श्रीलंकाका वानिन्दु हसरंगा शीर्षस्थानमा छन् । दीपेन्द्र भन्दा अघि इंग्ल्यान्डका मोईन नवौं र लियाम लिभिङस्टोन आठौं स्थानमा छन् ।टी२० को अलराउण्डरतर्फ कुशल मल्ल ३२ औं र गुलशन झा ६० औं स्थानमा यथावत् छन् । रोहित पौडेल एक स्थान घट्दै ६५ औं स्थानमा र करण केसीले एक स्थान सुधार गर्दै ७४ औं छन् ।

टी–२० को बलिङको वरीयतामा सोमपाल कामी ९२ औं स्थानमा यथावत् छन् । ब्याटिङतर्फ टी–२० मा दीपेन्द्र ५० औं स्थानमा यथावत् छन् ।

रोहित पौडेल ३ स्थान तल झर्दै ६१ औं स्थानमा पुगेका छन् । आसिफ शेख एक स्थान तल झर्दै ८७ औं स्थानमा छन् । नेपाल टी २० आई वरीयतामा १७ औं स्थानमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसिया कप खेलेर फर्कियो महिला टीम

काठमाडौँ । श्रीलंकामा महिला एसिया कप टी–२० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ । प्रतियोगितामा नेपालले तीन खेल

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

काठमाडौँ । नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ

महिला एशिया कप टि–२० क्रिकेटमा नेपाल र भारत भिड्दै

काठमाडौँ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल

दीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक

काठमाडाैँ । ११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छिन् ।

महिला टी–२० एसिया कपमा आज नेपालले यूएईसँग खेल्दै

काठमाडौँ । महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा सुरु हुँदैछ । दम्बुलामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आज

भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ । जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजना

Techie IT