गृहपृष्ठ ∕ खेल ∕ नेपाल र यूएईबीचको दोस्रो लेग साउदी अरेबियामा हुनेनेपाल र यूएईबीचको दोस्रो लेग साउदी अरेबियामा हुने नेपालीपत्र बुधबार, २०८१ जेठ १६ गते, ०९:५० मा प्रकाशित खेल काठमाडौँ । फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा नेपालले यूनाइटेड अरब इमिरेट्स (यूएई) सँगको दोस्रो लेग साउदी अरेबियामा खेल्ने भएको छ ।यसअघि यूएईसँगको पहिलो खेल उसैको मैदानमा खेलेको नेपालले दोस्रो लेगमा पाहुना टिमसँग घरेलु मैदानमा खेल्ने तय थियो । तर, नेपालको दशरथ रंगशाला खेल्न योग्य नभएपछि खेल तटस्थ भूमिमा सारिएको हो । दशरथ रंगशालामा एसियन फुटबल महासंघ (एएफसी)ले सुरक्षा, मैदानमा घाँसको अवस्था र रंगरोगनको विषयमा प्रश्न उठाउँदै खेल्न अयोग्य रहेको जनाएको हो ।यसअघि मैदान अयोग्य भएकै कारण नेपालले बहराइनसँगको खेल पनि उसैको मैदानमा खेलेको थियो ।नेपाल र यूएईबीचको दोस्रो लेग जुन ६ मा हुने तालिका छ । छनोट समूह एचमा रहेको नेपालसँगै यूएई, बहराइन र यमन छन् । छनोटमा नेपालले हालसम्म चार खेल खेले पनि अंकको खाता खोल्न सकेको छैन । #फिफा विश्वकप #फुटबल #यूएईग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ ब्राजिलको अमेजनमा खडेरीले प्राचीन आकृति २ भरतपुर महानगरले वितरण गर्यो १ करोड अनुदानको कृषि उपकरण ३ आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ६ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ७ सुनचाँदीको मूल्य बढ्योThe Film Nepal