Techie IT
२०८१ असार १, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाल र यूएईबीचको दोस्रो लेग साउदी अरेबियामा हुने

नेपाल र यूएईबीचको दोस्रो लेग साउदी अरेबियामा हुने


काठमाडौँ । फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा नेपालले यूनाइटेड अरब इमिरेट्स (यूएई) सँगको दोस्रो लेग साउदी अरेबियामा खेल्ने भएको छ ।

यसअघि यूएईसँगको पहिलो खेल उसैको मैदानमा खेलेको नेपालले दोस्रो लेगमा पाहुना टिमसँग घरेलु मैदानमा खेल्ने तय थियो । तर, नेपालको दशरथ रंगशाला खेल्न योग्य नभएपछि खेल तटस्थ भूमिमा सारिएको हो । दशरथ रंगशालामा एसियन फुटबल महासंघ (एएफसी)ले सुरक्षा, मैदानमा घाँसको अवस्था र रंगरोगनको विषयमा प्रश्न उठाउँदै खेल्न अयोग्य रहेको जनाएको हो ।

यसअघि मैदान अयोग्य भएकै कारण नेपालले बहराइनसँगको खेल पनि उसैको मैदानमा खेलेको थियो ।

नेपाल र यूएईबीचको दोस्रो लेग जुन ६ मा हुने तालिका छ । छनोट समूह एचमा रहेको नेपालसँगै यूएई, बहराइन र यमन छन् । छनोटमा नेपालले हालसम्म चार खेल खेले पनि अंकको खाता खोल्न सकेको छैन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र श्रीलंकाको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडामा लगातार वर्षा भएपछि

फुटबल विश्वकप छनौटमा नेपाल र यमन भिड्दै

काठमाडौँ । फिफा विश्वकप फुटबल छनौटचरणको अन्तिम खेलमा आज नेपालले यमनको सामना गर्नेछ । खेल साउदी अरबियाको दमाममा आजराति नेपाली

आफूलाई बदनाम गर्न खोजिएको भन्दै कानूनी उपचार खोज्ने पारस खड्काको…

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफूलाई बदनाम गर्न खोजिएको भन्दै कानूनी उपचार खोज्ने चेतावनी दिएका छन्

सन्दिप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्ट इन्डिज पुगे

काठमाडौँ । विश्वकप टी–२० क्रिकेट खेल्न सन्दिप लामिछाने वेष्ट इंडीज पुगेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी

विश्वकप छनोटः नेपाल यूएईसँग ४–० गोलले पराजित

काठमाडौँ । फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यूएईसँग ४ – शून्य गोलले पराजित भएको छ

एआईए बास्केटबलमा ६६ टिम

काठमाडौँ । अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए)को आयोजनामा एआईए थ्री अन थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ६६

Techie IT