Techie IT
२०८१ असार १०, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलसाफ महिला फुटबल च्याम्पियनसिप नेपालमा हुने

साफ महिला फुटबल च्याम्पियनसिप नेपालमा हुने


काठमाडौँ । साफ महिला फुटबल च्याम्पियनसिप २०२४ नेपालमा आयोजना हुने भएको छ । सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बैठकले च्याम्पियनसिप नेपालमा आयोजना गर्ने निर्णय गरेको हो ।

अक्टोबर १७ देखि ३० सम्म हुने प्रतियोगिताका सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताको यस संस्करणमा दक्षिण एसियाका सात वटै देशको सहभागिता रहने समेत साफले जनाएको छ । यो निर्णयसँगै नेपाल साफ महिला च्याम्पियनसिपको लगातार तीन संस्करण आयोजना गर्ने पहिलो राष्ट्र बन्ने भएको छ ।

यसअघि २०२२ मा भएको पछिल्लो संस्करण पनि नेपालले नै आयोजना गरेको थियो । सो संस्करणमा नेपाल फाइनलमा बंगलादेश विरुद्ध पराजित भएको थियो । सो खेल बंगलादेशले ३–१ ले जितेको थियो । भारतले अहिलेसम्म पहिलो ५ संस्करण जितेको छ भने नेपाललाई चार पटक र बंगलादेशलाई एक पटक फाइनलमा हराएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना हुँदै

काठमाडौँ । विश्व एक्वेटिक्स दिवसका अवसरमा नेपाल पौडी संघले प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता असार

विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टिम

काठमाडौँ । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन्

दीपेन्द्रसिंह ऐरी पुगे ‘अलराउन्डर’को छैठौँ नम्बरमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिँह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रियतर्फ अलराउन्डरको वरियतामा छैठौँ स्थानमा पुगेका छन् । यसअघि

विश्वकप क्रिकेटको सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लाग्यो

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सुपर आठमा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । आजको खेलमा नेपाल बङग्लादेशसँग २१

नेपाल बंगलादेशसँग २१ रनले पराजित

काठमाडौँ । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी– २० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

काठमाडौँ ।आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न

Techie IT