Techie IT
२०८१ मंसीर २५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलटी–२० विश्वकप क्रिकेटमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

टी–२० विश्वकप क्रिकेटमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै


काठमाडौँ । विश्वकप टी–२० क्रिकेटमा आज नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल बेलुकी सवा ९ बजे अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रंगशालामा हुनेछ ।

विश्वकपको समुह ‘डि’ मा नेपालसँगै नेदरल्याण्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् । यो समुहको पहिलो खेलमा सोमबार दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको छ । समुहका पाँचमध्ये शीर्ष दुई टोली विश्वकपको सुपर आठ चरणमा प्रवेश गर्नेछन् ।

नेपाल आज नेदरल्याण्ड्सलाई हराउँदै विश्वकपमा विजयी सुरुवात गर्ने लक्ष्यमा रहेको छ । पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको नेपाल अहिले दोस्रो पटक विश्वकप खेल्दैछ ।

विश्वकप क्रिकेटमा आजको पहिलो खेलमा अफ्गानिस्तान र युगाण्डा भिडिरहेका छन् । खेल अमेरिकाको रोड आइल्याण्ड राज्यको राजधानी शहर प्राभिडेन्समा भइरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखरालाई ७ विकेटले पराजित गर्दै कर्णालीको तेस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णाली याक्सले तेस्रो जित हात पारेको

प्रतिनिधि सभासँग राष्ट्रिय सभा १३ गोलले पराजित

काठमाडौँ। संघीय संसद्को १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधि सभा विजयी भएको छ । भृकुटीमण्डपस्थित

एनपीएलमा लुम्बिनीको पहिलो जित, कप्तान रोहितको उत्कृष्ट प्रदर्शन

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आफ्नो पाँचौँ खेलमा लुम्बिनी लायन्सले पहिलो जीत निकालेको छ । आज बिहान भएको

यु–१९ एसिया कपका लागि टोली घोषणा

काठमाडौं । ए.सि.सी. महिला यु–१९ एसिया कपका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार ए.सि.सी.

एनपीएलमा जनकपुरको लगातार चौथो जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पुनः हार ब्यहोरेको छ । हर्ष थाकेरको उत्कृष्ट बलिङप्रेरित जनकपुर बोल्ट्सले लुम्बिनी

इलाम गोल्डकपको तयारी पूरा

इलाम । दश लाख पुरस्कार राशिको इलाम गोल्डकपको तयारी पूरा भएको छ । रेडहर्स फुटबल क्लबको आयोजनामा ठूलो टुँडिखेलमा शनिबार

Techie IT