Techie IT
२०८१ असार २, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलफुटबल विश्वकप छनौटमा नेपाल र यमन भिड्दै

फुटबल विश्वकप छनौटमा नेपाल र यमन भिड्दै


काठमाडौँ । फिफा विश्वकप फुटबल छनौटचरणको अन्तिम खेलमा आज नेपालले यमनको सामना गर्नेछ । खेल साउदी अरबियाको दमाममा आजराति नेपाली समय अनुसार पौने १२ बजे सुरु हुनेछ ।

समुह चरणमा यसअघि भएका सबै पाँच खेलमा पराजित नेपाल आजको खेल जित्ने लक्ष्यमा रहेको छ । तर यसका लागि पछिल्लो सयम फितलो प्रदर्शन गर्दै आएको नेपाली टोलीको प्रदर्शनमा व्यापक सुधार आवश्यक छ ।

यमनसँगको पहिलो खेलमा नेपाल २–० ले पराजित भएको थियो । समुहमा सबै पाँच खेल जितेको युएईको १४ अंक छ भने बहराइनको १० अंक छ । यमनले चार अंक जोड्दा नेपाल भने अंकबिहीन रहेको छ । पाँच खेलमा १८ गोल खाएको नेपालले एक गोल पनि गर्न सकेको छैन ।

आजको खेल नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङका लागि एक सयौं खेल हो । चेम्जोङ नेपालको राष्ट्रिय फुटबल टोलीबाट एक सय खेल पूरा गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

काठमाडौँ ।आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न

नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र श्रीलंकाको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडामा लगातार वर्षा भएपछि

आफूलाई बदनाम गर्न खोजिएको भन्दै कानूनी उपचार खोज्ने पारस खड्काको…

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफूलाई बदनाम गर्न खोजिएको भन्दै कानूनी उपचार खोज्ने चेतावनी दिएका छन्

सन्दिप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्ट इन्डिज पुगे

काठमाडौँ । विश्वकप टी–२० क्रिकेट खेल्न सन्दिप लामिछाने वेष्ट इंडीज पुगेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी

विश्वकप छनोटः नेपाल यूएईसँग ४–० गोलले पराजित

काठमाडौँ । फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यूएईसँग ४ – शून्य गोलले पराजित भएको छ

एआईए बास्केटबलमा ६६ टिम

काठमाडौँ । अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए)को आयोजनामा एआईए थ्री अन थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ६६

Techie IT