Techie IT
२०८१ वैशाख २५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेललेखनाथ हाफ म्याराथनमा बस्नेत च्याम्पियन

लेखनाथ हाफ म्याराथनमा बस्नेत च्याम्पियन


कास्की । लेखनाथ खुला राष्ट्रिय पुरुष हाफ म्याराथनको उपाधि रामजी बस्नेतले जितेका छन् ।

पोखरा महानगर खेलकुद विकास समितिले पोखराको लेखनाथमा आज पहिलोपटक आयोजना गरेको म्याराथनमा बस्नेतले २१ दशमलव ९८ किलोमिटरको निर्धारित दूरी एक घन्टा १३ मिनेट ३३ सेकेन्डमा पूरा गरी च्याम्पियन बने।

पोखरा–२९ भण्डारढीकस्थित प्रस्तावित लेखनाथ रङ्गशालाबाट सुरु भएको दौड लेखनाथ साना तथा सहरी खानेपानी, बेगनासताल, पार्किङबाट ड्याम हुँदै बेगनास बसपार्क, शिशुवा, कविशिरोमणि गेट हुँदै कालीगण्डकी चोक पुगेको थियो । त्यसपछि खास्टेताल चोक, बुढीबजार सिमलमार्ग लक्ष्मी मावि हुँदै लेखनाथ चोक, डाँडानाकबाट तालचोक, शिशुवा, नौबीसे आदर्शचोक निस्केर भण्डारढीकस्थित लेखनाथ रङ्गशालामा पुगेर दौड टुङ्गिएको थियो ।

हाफ म्याराथनमा मोहनदेव जोशी द्वितीय बने। उनले निर्धारित दूरी पूरा गर्न एक घन्टा १४ मिनेट दुई सेकेन्ड समय लगाए । यसैगरी एक घन्टा १८ मिनेट आठ सेकेन्डको समयमा दौड पूरा गरी अनिश गुरुङ तृतीय बने ।

महिलातर्फको १० किलोमिटर सडक दौडमा एक घन्टा छ मिनेट ३७ मिनेटमा पूरा गर्दै पूर्णलक्ष्मी न्यौपाने प्रथम भए । आशा रावत द्वितीय तथा सुमित्रा के चाण्डारीले तृतीय स्थान हासिल गरेको महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए ।

म्याराथन विजेताले नगद रु ३० हजारसहित प्रमाणपत्र तथा उपविजेताले नगद रु २० हजार र तृतीय हुनेले रु १० हजार र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । महिला १० किमी दौडका धाविकाले नगद रु ३० हजार, उपविजेताले रु २० हजार र तृतीयले रु १० हजार पुरस्कार पाए ।

विद्यालयस्तरीय पाँच किलोमिटर दौडअन्तर्गत छात्रतर्फ तेन्जेन रोकाले १७ मिनेट ४० सेकेन्डमा पूरा गर्दै प्रथम हुनुभयो । विवेक परियारले १७ मिनेट ५० सेकेन्डमा पूरा गरी द्वितीय र १७ मिनेट ५५ सेकेन्डको समय लगाउनुभएका सुनिल विकले तृतीय स्थान प्राप्त गरे ।

छात्रातर्फको प्रतिस्पर्धामा पाँच किलोमिटर दौडमा नारायण भण्डारी प्रथम, मेनुका अधिकारी द्वितीय र एन्जेल अधिकारी तृतीय हुन सफल भए । विद्यालयस्तरीय दौडका विजेताले क्रमशः रु १५ हजार, १० हजार र पाँच हजार पुरस्कार प्राप्त गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्वकप खेल्ने नेपाली क्रिकेट टिम अमेरिका पुग्यो

काठमाडौँ । आइसीसी टि२० विश्वकप २०२४ खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

Techie IT