Techie IT
२०८२ वैशाख १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलरेलिगेशनबाट बच्यो थ्री स्टार

रेलिगेशनबाट बच्यो थ्री स्टार


काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विक्रम लामाको निर्णायक गोलको सहयोगमा शनिवार थ्री स्टार क्लबले जावलाखेल युथ क्लबमाथि १–० को रोमाञ्चक जित निकाल्दै रेलिगेशनबाट बचेको छ ।

त्रिपुरेश्वरस्थित दशथ रंगशालामा शनिबार भएको सिजनको अन्तिम खेलमा थ्री स्टारले जावालखेलमाथि जित निकालेसँगै रेलिगेशनको संकट टरेको हो । खेलमा विक्रमले ८३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । विक्रमको यो करियरको अन्तिम खेल समेत हो ।

यस जितसँगै थ्री स्टार रेलिगेसनबाट जोगिएको छ । थ्री स्टारले २६ खेलमा ३२ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ । थ्री स्टारको जितले विभागीय टोली एपीएफ क्लव भने रेलिगेसनमा परेको छ ।

२०६२ सालबाट ‘ए’ लिग खेलिरहेको एपीएफ पहिलो पटक ‘बी’ डिभिजन लिगमा घटुवा भएको हो । यस्तै, जावलाखेलले भने हारबाट सिजनको अन्त्य गरेको छ । जावलाखेलले २६ खेलमा ३७ अंक जोड्यो । जावलाखेले चौथो स्थानमा रहँदै सिजनको अन्त्य गरेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

Techie IT