Techie IT
२०८१ चैत्र १४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलमहिला एशिया कप टि–२० क्रिकेटमा नेपाल र भारत भिड्दै

महिला एशिया कप टि–२० क्रिकेटमा नेपाल र भारत भिड्दै


काठमाडौँ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे श्रीलंकाको दाम्बुला मैदानमा हुनेछ ।

पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको थियो । सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेलमा भारतलाई जित्नुपर्ने हुन्छ । समूह ‘ए’ मा नेपाल र पाकिस्तानको समान २–२ अङ्क छ । भारतले २ खेल जितिसकेको छ ।

नेपालको खेलअघि समूह चरणको अन्तिम खेलमा पाकिस्तान र यूएई सवा २ बजे खेल्दैछन् । यो खेलमा पाकिस्तानले हारेमा र नेपाल भारतसँग पराजित भएको अवस्थामा नेपाल, पाकिस्तान र यूएईमध्ये नेट रनरेटमा अगाडि हुने टोलीले सेमिफाइनल खेल्नेछ । पहिलो खेलमा नेपालले यूएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो ।

यसअघि हिजो भएको खेलमा श्रीलंकाले लगातार दोस्रो जीत हात पारेको छ । हिजो भएको खेलमा श्रीलंकाले मलेसियालाई १ सय ४४ रनले हराएको हो । श्रीलंकाले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको मलेसिया अन्तिम बल बाँकी छँदा ४० रनमै अल आउट भयो । मलेसियाकी इल्सा हन्टरले १० रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि घरेलु मैदान दम्बुलामा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो । यो जीतसँगै श्रीलंका २ खेलमा ४ अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ । मलेसिया लगातार दोस्रो हारसँगै तालिकाको पुछारमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै

काठमाडौं । ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी चैत १० गतेदेखि शुरु हुने भएको छ

साग स्वर्ण पदक विजेता विप्लवको सन्न्यास घोषणा

काठमाडाैँ । १३औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले सन्नयास घोषणा गरेका छन् । गएको वर्ष

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

महिला टी–२० मा नेपालले हरायो हङकङलाई

काठमाडौं । युगान्डामा जारी वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि गलकोटलाई

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन भएको ‘अध्यक्ष कप महिला तथा पुरुष गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’को पुरुष तर्फ बागलुङको गलकोट

Techie IT