Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलसाफ यु–२० फुटबलको फाइनलमा नेपाल र बंगलादेश भिड्दै

साफ यु–२० फुटबलको फाइनलमा नेपाल र बंगलादेश भिड्दै


काठमाडौँ । साफ यु–२० च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दैछन् । खेल दिउसो साँढे दुई बजे ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा शुरु हुनेछ ।

सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा हराएर नेपाली टिम फाइनल पुगेको हो । उता बंगलादेशले भने सेमिफाइनलमा तीन पटकको विजेता भारतलाई टाइब्रेकरमा हराएको थियो ।

प्रतियोगिताको छेटौं संस्करणसम्म आइपुग्दा नेपाल र बंगलादेशबीच चार पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपालले तीन खेल जित्दा एक खेल बराबरीमा सकिएको छ ।

नेपालले सन २०१५ र २०१७ को पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो । बंगलादेश भने पहिलो पटक उपाधि जित्ने दाउमा रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुने

काठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।

नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

Techie IT