Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलपलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने

पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने


काठमाडौँ । पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज नगर परिक्रमा गराउँदैछ । पारा ओलम्पिकमा पलेशाले नेपालका लागि ऐतिहासिक पदक जितेको भन्दै उनको सम्मानमा नगर परिक्रमा गराउन लागेको राखेपले जनाएको छ ।

पलेशा आज बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने र साढे ८ बजेपछि नगर परिक्रमा शुरू हुनेछ । नगर परिक्रमाको रुट एअरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राखेपको प्राङ्गणमा पुगेर टुङ्गिनेछ ।

पारा तेक्वान्दो खेलाडी पलेशाले के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै कांस्य पदक जितेकी थिइन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुने

काठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।

नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

Techie IT