Techie IT
२०८१ भदौ २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलमहिला फुटबल लिगमा कोशी र बागमती तथा कर्णाली र वालिङ भिड्ने

महिला फुटबल लिगमा कोशी र बागमती तथा कर्णाली र वालिङ भिड्ने


काठमाडौं । राष्ट्रिय महिला लिगमा बिहीबार दुई खेल आयोजना हुँदैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा बागमती युवा क्लब र कोशी प्रदेश भिड्दैछन् । दोस्रो खेलमा वालिङ नगरपालिका र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ ।

दिउसो साढे १२ बजे सुरु हुने खेलमा बागमती र कोशी दुबै दोस्रो जितको खोजिमा हुनेछन् । पहिलो खेलमा कोशीले वालिङलाई ४–० तथा बागमतीले सुदूरपश्चिमलाई ५–१ ले हराएका थिए । अपराह्न सवाँ चार बजे सुरु हुने खेलमा वालिङ र कर्णाली प्रतिस्पर्धा गर्दैछन् । दुबै टोली पहिलो जितको योजनामा छन् ।

पहिलो खेलमा वालिङ कोशीसँग पराजित भयो । कर्णाली भने चन्द्रपुरसँग १–१ को बराबरी खेल्न बाध्य भएको थियो । बुधबार भएको एकमात्रै खेलमा बिभागीय टोली त्रिभुवन आर्मी क्लबले महिला लिगमा डेब्यु गरेका संकटा क्लबलाई ४–० ले हराएको थियो । यो खेलसँगै महिला लिगमा दोस्रो चरणका खेल सुरु हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

१९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि २९…

काठमाडाैँ । आइसीसी १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन् ।

एरिका गुरूङ र स्यान्टु श्रेष्ठ राखेपको वर्ष उत्कृष्ट खेलाडी

काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१ औँ वार्षिकोत्सवमा करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ वर्षका उत्कृष्ट

एन्फा महिला लिगको खेलतालिका परिवर्तन

काठमाडौँ । एन्फा महिला लिगको खेलतालिका परिवर्तन भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले हिजो विज्ञप्ती निकालेर एन्फा कम्प्लेक्समा

स्वास्थ्य मन्त्रालयद्वारा राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गंगालालमा शुरु

काठमाडौँ । राष्ट्रिय टिममा रहेका तथा खेलाडिहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ ।

क्यानडामा हुने विश्वकप लिग दुईको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको…

काठमाडाैँ । क्यानडामा हुने विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ

संगीना वैद्यले दिइन् राजीनामा

काठमाडौँ । पूर्व तेक्वान्दोकी खेलाडी संगीना वैद्यले राजीनामा दिएकी छन् । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा प्रक्रिया

Techie IT