Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलस्वास्थ्य मन्त्रालयद्वारा राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गंगालालमा शुरु

स्वास्थ्य मन्त्रालयद्वारा राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गंगालालमा शुरु


काठमाडौँ । राष्ट्रिय टिममा रहेका तथा खेलाडिहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडिहरुको मुटुदहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता आज गरिएको हो ।

गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले देशका लागि खेल्ने खेलाडिहरुको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए ।

त्रिपक्षीय सम्झौताका लागि मन्त्री पौडेलले सकृयता लिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितीमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद राखेप र अस्पतालकाबीच हरेक वर्ष निःशुल्क मुटुसहितको स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता गरिएको हो । सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै श्रोतबाट गर्नेछ ।

हाल केन्द्रकै तर्फबाट निःशुल्क परीक्षण भए पनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।

सम्झौता हरेक वर्ष नवीकरण गर्ने समेत व्यवस्था गरिएको छ ।

घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका ७ सय ५७ खेलाडि लाभान्वित हुनेछन् ।

कार्यक्रमको प्यारा ओलम्पिकमा कास्य पदक विजेता पलेसा गोवद्र्धनको स्वास्थ्य परीक्षण गरेर परीक्षणको शुरूवात गरिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आफूले मन्त्रालयको नेतृत्व सम्हालेदेख् िनै खेलाडिहरुको स्वास्थ्य प्राथमिकतामा राखेको भन्दै मुटुबाट शुरूवात भएको बताए ।

प्यारा ओलम्पिकमा ठूलो पदक दिलाएर योगदान दिएकी पलेशा गोवद्र्धनको उपल्ब्धिका अवसरमा यो खेलाडिहरुका लागि उपहार भएको मन्त्री पौडेलले बताए ।

अर्को वर्ष थप श्रोत सुनिश्चित गर्ने भन्दै मन्त्री पौडेलले खेलाडिहरुको स्वास्थ्य सुधारका लागि अरु थप के गर्न सकिन्छ त्यसका लागि तयार रहेको बताए ।

‘पलेशाको उपलब्धीले देशको शीर उचो बनाएको छ,’उनले भने,‘यो शुरूवात उहाँप्रतिको सम्मान पनि हो ।’

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडी विदेशिनुमा उपचार अभाव पनि एउटा कारण रहेको भन्दै स्वास्थ्य मन्त्री पौडेलप्रति आभार प्रकट गरे । ‘यो सकृयताका लागि स्वास्थ्य मन्त्रीजीलाई धन्यवाद,’ उनले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

Techie IT