गृहपृष्ठ ∕ खेल ∕ ललितपुर क्विन्सले ट्यालेन्ट हन्ट गर्नेललितपुर क्विन्सले ट्यालेन्ट हन्ट गर्ने नेपालीपत्र बिहीबार, २०८१ असोज ३ गते, १७:५५ मा प्रकाशित खेल काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (ईडब्लूभीएल)को टोली ललितपुर क्विन्सले असोज ५ गते ट्यालेन्ट हन्ट गर्ने भएको छ । जावलाखेलस्थित जावलाखेल भलिबल तालिम केन्द्रमा अपराह्न १२ बजेदेखि ट्यालेन्ट हन्ट सुरु हुनेछ ।क्लबका मुख्य प्रशिक्षक उत्सव खड्कालगायत व्यवस्थापकीय टोलीले उक्त कार्यक्रमबाट एकजना उत्कृष्ट खेलाडी छनोट गर्नेछ । छनोट हुने खेलाडीले आगामी असोज १४ गते देखि १९ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्डहलमा हुने पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछ ।कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नजनाएको खेलाडी मात्रै ट्यालेन्ट हन्टमा सहभागी हुनु योग्य हुनेछ ।ईडब्लूभीएलको नियमावली अनुसार सहभागी टोलीमा १२ खेलाडी समावेश हुनेछन् । जसमध्ये ८ जना आयोजकले ड्राफ्टमार्फत हरेक टोलीलाई उपलब्ध गराएको छ । तीन विदेशी र एक ट्यालेन्ट हन्टमार्फत छनोट गर्नु पर्नेछ । #ईडब्लूभीएल #ललितपुर क्विन्सग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफलकाठमाडौं । घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार राति एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्नेकाठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितकाठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टरधेरै पढिएका खबर १ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ५ खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव ६ वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस ७ अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियरThe Film Nepal