Techie IT
२०८२ असार २४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलसाफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध भिड्दै नेपाल

साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध भिड्दै नेपाल


काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले समूहको आफ्नो दोस्रो खेलमा आज माल्दिभ्सँग खेल्दै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ः३० मा खेल सुरु हुनेछ।

यसअघि समूह बी को पहिलो खेलमा नेपालले भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । आजको खेलमा नेपालसँग स्टार स्ट्राइकर सावित्रा भण्डारी पनि भएकाले स्वभाविक रुपमा बलियो मनोबलका साथ मैदान उत्रिने छ । फ्रान्समा लिग खेलिरहेकी मुख्य फरवार्ड सावित्रा आइतबार राति स्वदेश फर्किएकी हुन् । यसअघि भुटान विरुद्धको खेलमा उनको अभाव स्पष्ट देखिएको थियो ।

सावित्राले नेपालक लागि ४६ खेलमा सर्वाधिक ५३ गोल गरेकी छन् ।

समूह बी मा नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ । माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित भएको थियो । आजै श्रीलंका र भुटानबीच दिउँसो १ः३० मा पहिलो खेल हुनेछ । भुटानले श्रीलंकालाई हराएमा सेमिफाइनल पुग्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ…

काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)

आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्

काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हिजो सार्वजनिक गरेको नयाँ

नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफल

काठमाडौं । घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार राति

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

Techie IT