गृहपृष्ठ ∕ खेल ∕ भारतलाई १९ वर्षमुनिको विश्वकप जिताएका चन्दले लुम्बिनीबाट एनपीएल खेल्नेभारतलाई १९ वर्षमुनिको विश्वकप जिताएका चन्दले लुम्बिनीबाट एनपीएल खेल्ने नेपालीपत्र बुधबार, २०८१ कात्तिक २१ गते, १७:१५ मा प्रकाशित खेल काठमाडाैँ । भारतलाई १९ वर्षमुनिको एकदिवसीय विश्वकप जिताएका कप्तान उन्मुक्त चन्दले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । चन्दलाई तेस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको लुम्बिनी लायन्सले जनाएको छ ।३१ वर्षीय चन्दले ९० टी–२० क्रिकेटमा तीन शतक र सात अर्धशतकसहित एक हजार सात सय ९५ रन बनाएका छन् । उनले चर्चित फ्रेन्चाइज लिग आईपीएल पनि खेलेका छन् । चन्दले सन् २०१२ मा कप्तानका रूपमा भारतलाई १९ वर्षमुनिको विश्वकप जिताएका थिए । अहिले उनले अमेरिकाको मेजर लिग क्रिकेट खेलिरहेका छन् ।लुम्बिनीले यसअघि इङ्गल्यान्डका विकेटकीपर ब्याटर टम मुर्स र अस्ट्रेलियाका अलराउन्डर बेन कटिङलाई अनुबन्ध गरेको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीको मुख्य प्रशिक्षकमा नन्दन पाडनिस छन् ।नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने आठ वटा टोली सहभागी एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुँदैछ । #उन्मुक्त चन्दग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ पाठकको रुचिमा इतिहास, संस्कृति र साहित्यका पुस्तक २ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ३ रुपन्देही–३ उपनिर्वाचनका लागि २७ दलका २८ निवेदन ४ दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प ५ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ६ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ७ असारे झरीले किसानलाई राहतThe Film Nepal