Techie IT
२०८२ असार २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपालले आज ताजकिस्तान सँग खेल्दै

नेपालले आज ताजकिस्तान सँग खेल्दै


काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीले ताजकिस्तानको राष्ट्रिय टिम सँग बुधबार मैत्रीपूर्ण फुटबल खेल्दै छ ।

ताजकिस्तानको दुसनबेमा नेपाल घरेलु टोली सँग साँझ पौने ७ बजे आमने सामने हुन लागेको हो । ताजकिस्तान फिफा वरीयतामा १ सय ११ औं स्थानमा छ । नेपाल र ताजकिस्तानले हाल सम्म तीन खेल खेलेका छन् ।

सन् २०१७ मा दुई पटक र २०१८ मा एक पटक खेल भएका छन् । तीनवटै खेलमा नेपाल पराजित भएको थियो । यी तीन खेलमा ताजकिस्तानले ७ गोल गर्दा नेपालले मात्र १ गोल फर्काएको छ । फिफा वरीयतामा नेपालमा हाल १७६ औं स्थानमा छ ।

एसियन कप सन् २०२३ को अन्तिम आठ सम्म पुगेको ताजकिस्तान विरुद्ध प्रतिस्पर्धा गरेपछि नेपालले डुसान्बेमै शनिबार अफगानिस्तानको सामना गर्नेछ । फिफा वरीयतामा अफगानिस्तान १ सय ५१ औं स्थानमा छ । तर, मैदानमा अफगानिस्तानको स्थिति फरक छ ।

यस अघिका पाँच खेलमा अफगानिस्तानले १ जित, २ हार र ३ बराबरी खेलेको छ । कुवेत सँग २ हार, भारत माथि १ जित तथा कतार र भारत सँगको बराबरी अफगानिस्तानको पछिल्ला नतिजा हुन् । अफगानिस्तानसँगका पछिल्ला ६ भेटमा तीन खेल नेपालले जित्दा दुई खेलमा बराबरी भएको थियो । एक खेल भने अफगानिस्तानले जितेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफल

काठमाडौं । घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार राति

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुने

काठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।

नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली

Techie IT