गृहपृष्ठ ∕
खेल ∕
१९ वर्षमुनिको महिला क्रिकेट टोली स्वदेश फर्कियो १९ वर्षमुनिको महिला क्रिकेट टोली स्वदेश फर्कियो
काठमाडाैँ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली हिजो स्वदेश फर्किएको छ ।
अस्ति बुधवार भएको एशिया छनोटको अन्तिम खेलमा घरेलु टोली यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले नेट रनरेटका आधारमा सन् २०२५ मा मलेसियामा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गरेको छ ।
विश्वकपमा छनोट भएका खेलाडीसहितको टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलगायतले स्वागत गरेका छन् । विश्वकपमा पुगेसँगै नेपालले यही डिसेम्बरमा मलेसियामा नै हुने एसीसी १९ वर्षमुनिका महिला टी–२० एशिया कपमा समेत खेल्ने अवसर पाएको छ ।
यसैबीच, क्यानले १९ वर्षमुनिको महिला टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँ नगद र टिममा रहेका अधिकारीलाई १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पुनः हार ब्यहोरेको छ । हर्ष थाकेरको उत्कृष्ट बलिङप्रेरित जनकपुर बोल्ट्सले लुम्बिनी
इलाम । दश लाख पुरस्कार राशिको इलाम गोल्डकपको तयारी पूरा भएको छ । रेडहर्स फुटबल क्लबको आयोजनामा ठूलो टुँडिखेलमा शनिबार
काठमाडौँ । आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित हात पारेको छ । गौस र
काठमाडौँ । पोखरा एभेन्जर्सका आन्द्रेस गौस नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् । लुम्बिनी लायन्ससँगको
काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाडाैँ गुर्खाजलाई हराएको छ । सुदूरपश्चिमले काठमाडाैँलाई ७३ रनले हराएको हो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेको छ । बिहीबार (आज) कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको