Techie IT
२०८१ मंसीर २९, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलकीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने

कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने


काठमाडाैँ । क्यानडाका कीर्तिमानी अलराउन्डर साद बिन जफरले लुम्बिनी लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । ३८ वर्षीय जफरलाई पाँचौं विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको लुम्बिनी लायन्सले जनाएको छ ।

जफरले सन् २०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेका थिए । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ ओभरको बलिङ स्पेलमा एक रन पनि नदिई कीर्तिमान बनाउने पहिलो खेलाडी हुन् । सन् २०२१ को नोभेम्बरमा पनामासँगको खेलमा उनले ४ ओभरमा १ रन पनि नदिई २ विकेट लिएका थिए । जफरले ४९ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ सय ९० रन बनाउँदै ५५ विकेट लिएका छन् ।

लुम्बिनीले यसअघि इङ्गल्यान्डका टम मुर्स, अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाबाट क्रिकेट खेलिरहेका उन्मुक्त चन्द र वेस्ट इन्डिजका रामोन सिम्नोड्सलाई अनुबन्ध गरेको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीको मुख्य प्रशिक्षकमा नन्दन पाडनिस छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आठ टोली सहभागी हुने एनपीएल यही मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुँदैछ । उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लुम्बिनी कर्णालीसँग पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पुनः हार व्यहोरेको छ । शुक्रबार भएको खेलमा लुम्बिनी कर्णाली याक्ससँग लुम्बिनी

म्याग्दीमा खेलमैदान बनाउन २८ लाख संकलन

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदाय बाट २८ लाख ४२ हजार सङ्कलन भएको छ । साथै पालिकाले उक्त

ब्रायन लारा काठमाडौँ आइपुगे

काठमाडौँ । क्रिकेट लिजेण्ड ब्रायन लारा काठमाडौँ आइपुगेका छन् । वेस्ट इन्डिजका लिजेण्ड लारालाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

काठमाडौँलाई जनकपुरले हरायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको छ । कीर्तिपुर स्थित

साउदी अरेबियाले सन् २०३४ को फिफा विश्वकप आयोजना गर्ने

काठमाडौं । साउदी अरेबियाले सन् २०३४ को फिफा विश्वकप आयोजना गर्ने अधिकार प्राप्त गरेको छ । १० वर्ष पछि हुने

एनपीएलमा काठमाडौँ गुर्खाजको दोस्रो जित, लुम्बिनीको प्लेअफ सम्भावना सकियो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । बुधबार भएको खेलमा काठमाडौँले लुम्बिनीलाई १८

Techie IT