गृहपृष्ठ ∕
खेल ∕
एनपीएलः चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई हरायो एनपीएलः चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई हरायो
काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा चितवन राइनोजले काठमाडाैँ गुर्खाजलाई ५ विकेटले हराएको छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा काठमाडाैँले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १७ ओभर १ बलमा ५ विकेट गुमाएर भेटाएकाे हाे । चितवनका सन्तोष कार्कीले २८ र विदेशी खेलाडी लुक बेनकेनस्टाइनले सर्वाधिक २२ रन बनाए । काठमाडाैँ गुर्खाजका शाहब आलमले सर्वाधिक ३ विकेट लिए । यस्तै गेहरार्ड इरस्मस र डान डाैथवेटले १/१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे काठमाडाैँले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो । काठमाडाैँका सुमित महर्जनले सर्वाधिक २९, माइकल लेभिटले २५ र डान डाैथवेटले १९ रन बनाए । चितवनका विदेशी खेलाडी सोहेल तनभिरले सर्वाधिक ५ विकेट लिए । यस्तै रिजन ढकाल, कुशल मल्ल, अमर राउटेला र लुक बेनकेन्स्टाइनले १/१ विकेट लिए ।
एनपीएलमा आजै दिउँसो सवा १ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सले खेल्दैछन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ । काठमाण्डौमा हिजो
काठमाडौं । दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबार देखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति
काठमाडाैँ । एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को
पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको
बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका
काठमाडौँ । भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो