गृहपृष्ठ ∕
खेल ∕
जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले पहिलो हार व्यहोरेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट रंगशालामा भएको खेलमा जनकपुर सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको हो ।
सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुर १२ ओभर १ बलमा ५१ रनमा अलआउट भयो । एनपीएलमा यो सबैभन्दा कम योगफल हो । जनकपुरका जोशआ ट्रोम्पले सबैभन्दा धेरै १३ रन बनाए । जनकपुरका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका हरमीत सिंह, कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले २–२ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनायो । सुदूरपश्चिमका विनोद भण्डारीले ३३ रन बनाए । जनकपुर बोल्ट्सका किशोर महतोले ४ विकेट लिए ।
एनपीएलमा आजको दोस्रो खेलमा दिउँसो १ बजे काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न
काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार
काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ
काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे