Techie IT
२०८० जेठ १६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलआईपीएलको प्लेअफ समीकरबारे सम्पूर्ण जानकारी, कसरी पुग्छन् फाइनलमा ?

आईपीएलको प्लेअफ समीकरबारे सम्पूर्ण जानकारी, कसरी पुग्छन् फाइनलमा ?


एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं सिजनमा लिग राउण्डका खेलहरु सकिएका छन् । ७० खेलपछि प्लेअफका चार टोलीको टुंगो लागेको छ ।

लिग राउण्डको अन्तिम खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्यो । यो हारपछि आरसीबी टोली प्रतियोगिताबाट बाहिरिएको छ । उसको प्लेअफ पुग्ने सपना चकनाचुर भयो । यता, आरसीबीको पराजयको फाइदा उठाउँदै मुम्बई इन्डियन्सले अन्तिम ४ मा स्थान बनाएको छ ।

आइतबार गुजरात र आरसीबीबीचको खेलअघि मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको खेल खेलिएको थियो । यो खेलमा मुम्बईले क्यामरुन ग्रीनको शतकको मद्दतले जित निकाल्यो । यो प्रतियोगितामा मुम्बईको आठौं जित हो । उसले राजस्थान रोयल्स र आरसीबीलाई पछि पार्दै चौथो स्थानमा पुग्यो ।

यदि आरसीबीले आफ्नो खेलमा गुजरातलाई हराएको थियो भने, उसले मुम्बईको बराबर १६ अंक पाउने थियो र राम्रो नेट रनरेटका साथ प्लेअफमा पुग्ने थियो । तर, त्यसो हुन सकेन र आरसीबी पराजित हुन पुग्यो । मुम्बईले उसको हारबाट फाइदा उठाउँदै प्लेअफको टिकट पायो ।

अंक तालिकाको शीर्ष स्थानमा गुजरात टाइटन्स रह्यो । उसले १४ मध्ये १० खेल जित्यो । २० अंकसहित गुजरात पहिलो स्थानमा छ । चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्सले आठ–आठ खेल जिते । दुईबीचको एक खेल रद्द भएको थियो । यसरी चेन्नई र लखनउको १७–१७ अंक छ । चेन्नई राम्रो नेट रनरेटको आधारमा दोस्रो स्थानमा रह्यो । लखनउले तेस्रो स्थान हासिल गर्यो । मुम्बईले आठ जितबाट १६ अंक जोड्दै चौथो नम्बरमा उभियो ।

प्लेअफको कुरा गर्दा सबैभन्दा पहिले क्वालिफायर–१ मा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच भिडन्त हुनेछ । यो खेल चेन्नईको घरेलु मैदान चेपौक स्टेडियममा हुनेछ । यसपछि चेन्नईमा नै मुम्बई इन्डियन्स र लखनउ सुपरजायन्ट्सबीच एलिमिनेटर खेल हुनेछ ।

क्वालिफायर–१ मा हारेको टोली र एलिमिनेटर खेल जितेको टोलीबीच क्वालिफायर–२ खेलाइनेछ । यस खेलको विजेता टोलीले क्वालिफायर–१ को विजेतासँग फाइनल खेल्नेछ ।

खेल तालिकाः
गुजरात टाइटन्स भर्सेस चेन्नई सुपर किंग्स, मंगलबार – ७ः४५ बजे
लखनउ सुपरजायन्ट्स भर्सेस मुम्बई इन्डियन्स, बुधबार – ७ः४५ बजे




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सहिद स्मारक ए डिभिजन लिग फुटबल: जाउलाखेल विजयी

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ

टि–२० महिला क्रिकेटः नेपालद्वारा मलेसिया पराजित

काठमाडौँ । मलेसियामा जारी टि–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौँ। शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आजका दुवै

चेल्सीद्वारा मौरिसियो पोचेटिनोलाई मुख्य प्रशिक्षकमा नियुक्त

एजेन्सी । हालै सकिएको प्रिमियर लिगमा झुर खेल प्रदर्शन गरेको चेल्सीले मौरिसियो पोचेटिनोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उनले

गुजरातलाई ५ विकेटले हराउँदै चेन्नईले जित्यो आईपीएलको उपाधि

एजेन्सी । चेन्नई सुपर किंग्सले आईपीएल २०२३ को उपाधि जितेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको रोमाञ्चक फाइनलमा सीएसकेले

चेन्नईलाई फाइनल जित्न २१५ रनको लक्ष्य

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिका लागि गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा जारी छ । अहमदाबादको नरेन्द्र

Techie IT