Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलएसिसी यु १९ महिला एसिया कपमा नेपाल सुपर ४ मा

एसिसी यु १९ महिला एसिया कपमा नेपाल सुपर ४ मा


काठमाडाैँ । १९ वर्षमुनिकाे महिला एशिया कप कप क्रिकेटमा नेपाल र भारतबीचकाे खेल वर्षाका कारण रद्द भएकाे छ ।

नेपालले दिएकाे ९५ रनकाे लक्ष्य पछ्याइरहेकाे अवस्थामा भारतले ३ ओभर १ बलमा एक विकेट पनि नगुमाई २८ रन बनाएकाे अवस्थामा खेल वर्षाका कारण रद्द भएकाे हाे । खेल रद्द भएसँगै नेपाल र भारतले १/१ अङ्क बाँडेका छन् ।

यसअघि मलेसियाकाे क्वालालम्पुरमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायाे । नेपालकी कप्तान पूजा महताेले २५, एलिशाकुमारी यादवले नटआउट २० रन बनाइन् । भारतकी परुनिका सिसाेदियाले ४ विकेट लिइन् ।

नेपालले समूह चरणकाे पहिलाे खेलमा हिजाे पाकिस्तानलाई हराउँदै ‘सुपर–४’ मा प्रवेश गरिसकेकाे छ । भारत पनि पाकिस्तानलाई हराउँदै ‘सुपर–४’ मा पुगिसकेकाे छ ।

विश्वकपमा छनोट भएकाे नेपाली टोली १९ वर्षमुनिकाे एशिया कपमा स्वत: छनोट भएको हो । १९ वर्षमुनिकाे महिला विश्वकप आउँदाे वर्षकाे जनवरीमा मलेसियामा नै आयाेजना हुँदैछ ।

महिला एशिया कप पहिलाे पटक आयाेजना भइरहेकाे हाे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुने

काठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।

नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

Techie IT