Techie IT
२०८२ असार १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलबुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा

बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा


धरान । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करण आगामी माघमा हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी माघ १९ गतेदेखि २६ गतेसम्म प्रतियागिता आयोजना हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङ्ले जानकारी दिए ।

धरान उपमहानगरपालिका–१६ रंगशालामा हुने प्रतियोगितामा १० वटा क्लबको सहभागी रहनेछ । प्रतियोगितामा एनआरटी क्लब काठमाडौं, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकाडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृती क्लब, यूके एफसि भारत, मच्छिन्द्र क्लब काठमाडौं, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र धरान फुटबल क्लब रहने जनाइएको छ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले नगद रु एक लाख र प्रत्येक खेलको प्लेयर अप दि म्याच हुनेले रु १५ हजार सर्वाधिक गोलकर्ताले रु ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउने अध्यक्षले बताए ।

प्रतियोगिता रु ८० लाख १० हजार खर्च हुने अनुमान गरिएको छ भने रु एक करोड दुई लाख २५ हजार आम्दानी हुने लक्ष्य राखिएको क्लबका महासचिव नवीन राईले बताए । प्रतियोगितामा उपविजेताले पाउने पाँच लाख धरान उपमहानगरपालिका–१५ निवासी हाल पोर्चुगलमा रहेका अरुण राईले प्रदान गर्ने अध्यक्ष तामाङले बताए ।

प्रतियोगिताको गत वर्षको संस्करणमा एनआरटी क्लब काठमाडौं विजेता र जिल्ला फुटबल संघ मोरङ उपविजेता भएका थिए । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुने

काठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।

नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

Techie IT