गृहपृष्ठ ∕
खेल ∕
साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने
काठमाडाैँ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ ।
काठमाण्डौमा हिजो भएको साफको कार्यसमितिको बैठकले आउँदो जुन १५ देखि जुलाई २५ सम्म हुने प्रतियोगिता होम वा अवे फर्म्याटमा आयोजना गर्ने निर्णय गरेको हो ।
साफ महासचिव अनवरुल हकले च्याम्पियनशिपलाई होम वा अवे ढाँचामा गर्न प्रयास गर्ने कुनै समस्या आएमा यस वर्ष केन्द्रीकृत ढाँचामा आयोजना गरिने बताए ।
बैठकले साफ क्लब फुटबलको पहिलो संस्करण सन् २०२६ देखि शुरू गर्ने निर्णय गरेको छ । यस प्रतियोगितामा आठ क्लबले भाग लिनेछन्, जसमा एएफसी क्लब वरियतामा शीर्ष स्थानमा रहेको देशलाई दुई स्थान दिने व्यवस्था गरिएको छ ।
त्यस्तै यो वर्ष सन् २०२५ मा महिला क्लब प्रतियोगिता शुरू गर्ने र सन् २०२६ मा साफ २३ वर्ष मुनिको च्याम्पियनशिप गर्ने निर्णय पनि भएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न
काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको
काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार
काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ
काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे