Techie IT
२०८२ असोज २२, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ पाउने

नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, विजेता टोलीले २१ लाख रुपैयाँ पाउने


काठमाडाैँ । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) हुने भएको छ । हिजो एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले प्रतियोगिताको बारेमा जानकारी दिएका हुन् ।

प्रतियोगिता असोज १५ देखि २४ गतेसम्म काठमाडाैँको तल्लो मूलपानी मैदानमा हुनेछ । सात टोलीको सहभागिता रहने प्रतियोगितामा कुल २४ खेल हुनेछ । प्रतियोगितामा सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन् । लिगको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

‘स्ट्रिटदेखि स्टेडियमसम्म’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा सहभागिताको लागि टोली खरिद गर्नुपर्ने र खेलाडीको अक्सन हुनेछ । प्रतियोगिताको विजेता टोलीले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ११ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै एनएसपीएलले अभिनेता निखिल उप्रेतीलाई आफ्नो ब्राण्ड एम्बेसेडरको रूपमा घोषणा गरेको छ । उप्रेतीले ब्राण्ड एम्बेसेडरको रूपमा एनएसपिएलमा आबद्ध हुन पाउँदा खुशी र गर्व महसुस भएको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

Techie IT