Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलडुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो


काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ ।

जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार इन्डियन आर्मी फुटबल टिमसँग १–० ले पराजित भएसँगै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो ।

इन्डियन आर्मीको जीतमा क्रिस्टोले २१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । त्रिभुवन आर्मी पहिलो हाफबाटै १० खेलाडीमा सीमित भएको थियो । आर्मीका गोल रक्षक विकेश कुथु २९औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदान बाहिरिएका थिए । समूह ‘सी’ मा आर्मीले ३ मध्ये २ मा हार र अर्कोमा बराबरी खेलेको थियो । पहिलो खेलमा जमशेदपुर फुटबल क्लबसँग ३–२ ले पराजित भएको आर्मीले दोस्रो खेलमा लद्दाख फुटबल क्लबसँग १–१ को बराबरी खेलेको थियो ।

इन्डियन आर्मीको दोस्रो खेलमा यो पहिलो जीत हो । इन्डियन आर्मीले पहिलो खेलमा जमशेदपुरसँग हार बेहोरेको थियो । ३ अङ्कका साथ इन्डियन आर्मी समूह ‘सी’ को दोस्रो स्थानमा उक्लिएको छ । त्रिभुवन आर्मी क्लबले ३ खेलमा १ अङ्कका साथ प्रतियोगिता अन्त्य गरेको छ ।

२ खेलमा शतप्रतिशत जीतको नतिजाका साथ जमशेदपुर समूहको शीर्ष स्थानमा छ । २४ टोलीको सहभागिता रहेको प्रतियोगिताको हरेक समूहको विजेताले नकआउट चरणमा पुग्नेछ । ६ समूहका उत्कृष्ट दुई उपविजेता पनि क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप

काठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं

Techie IT