Techie IT
२०८२ असोज १४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत


काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरू ‘फर्स्ट सेञ्चुरी मिडिया’ नामक विदेशी कम्पनीमार्फत स्टार स्पोटर्स च्यानलबाट विज्ञापनसहित प्रसारण गरेको, जुवा खेलाउने विभिन्न साइटलगातमा ब्याटिङ गराएको भन्ने उजुरपछि बोर्डले सचेत गराएको हो ।

बोर्डको गएको साउन २१ र २९ को बैठकबाट निर्णय भएकाले विज्ञापन नियमन गर्ने नियमावलीबमोजिम सूचना प्रकाशित गरिएको बोर्डका प्रवक्ता एवम् प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले जानकारी दिए ।

नेपाल क्रिकेट सङ्घले बोर्डका विभिन्न मितिका पत्रको जवाफ पेश नगरेको र कार्य व्यस्तताका कारण पत्रहरूको जवाफ पेश गर्न नसकिएको भन्दै पेश गरेको जवाफ चित्तबुझ्दो नभएको पाएको उनले बताए । बोर्डको निर्देशनलाई बेवास्ता गरेमा भविष्यमा विज्ञापन गर्न गराउनबाट रोक्का राख्ने, विज्ञापन प्रचलित ऐन तथा नियमविपरीत विज्ञापन नगर्न सचेत गराइएको छ ।

बोर्डमा सूचीकृत नभई विज्ञापन कारोबारमा संलग्न रहेको तथा प्रचलित कानूनविपरीतका विज्ञापन प्रदर्शन गरेको एजेन्सीलाई १० हजार रुपैयाँ जरिवाना गर्ने, तीन महिनासम्म विज्ञापन वा सूचना दिन वा लिन वा विज्ञापन वा सूचना प्रकाशन वा प्रसारणसम्बन्धी कार्य गर्न रोक लगाउने र यो अवधिसम्म एजेन्सीलाई बोर्डमा सूचीकरणसमेत नगर्ने निर्णय गरेको छ ।

बोर्डले ब्राण्ड डिजिटल लजिक प्रा.लि., ललितपुर र टीसीएम स्पोर्टस एण्ड मार्केटिङ प्रा.लि. टङ्गाल, काठमाण्डौसँग कुनै पनि प्रकारको विज्ञापन कारोबार नगर्न/नगराउन सबै विज्ञापनदाता तथा सञ्चारमाध्यमलाई अनुरोध समेत गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप

काठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं

Techie IT