Techie IT
२०८२ असार १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठखेलएकदिवसीय विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिमको घोषणा

एकदिवसीय विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिमको घोषणा


काठमाडौँ। यसै वर्ष जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटका लागि नेपाली क्रिकेट टिमको प्रारम्भिक टोलीको घोषणा गरिएको छ।

जिम्बाब्वेमा जुन १८ देखि जुलाई ९ सम्म हुने छनोटका लागि सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो।

छनोटमा नेपाल समूह ‘ए’मा छ। यो समूहमा नेपालसँगै जिम्बाब्वे, वेस्ट इन्डिज, अमेरिका र नेदरल्यान्ड्स छन्।

यस्तै, समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) छन्। यद्यपि, हालसम्म प्रतियोगिताको खेल तालिका भने सार्वजनिक भएको छैन।

नेपालको प्रारम्भिक टोलीः
कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम)ढकाल, अविनाश बोहरा।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुने

काठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।

नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

Techie IT