Techie IT
२०८२ वैशाख १८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलकति छ विराट कोहलीको सम्पत्ति ?

कति छ विराट कोहलीको सम्पत्ति ?


एजेन्सी । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान विराट कोहलीको सम्पत्ति १००० करोड नाघेको छ । ३४ वर्षिय कोहलीको सम्पत्तिलाई लिएर यो खुलासा स्टक ग्रो कम्पनिले गरेको हो । रिपोर्टका अनुसार इन्स्टाग्राममा २५३ मिलियन फलोअर भएका कोहलीको नेटवर्थ १०५० करोड रुपैयाँ (भारु) छ ।

भारतीय पूर्व कप्तान कोहलीलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले ‘ए प्लस’ श्रेणीमा स्थान दिएको छ । कोहलीले सम्झौता अन्तर्गत बीसीसीआईबाट वार्षिक ७ करोड रुपैयाँ पाउँछन् । यसबाहेक बीसीसीआईले उनलाई टेस्टका लागि १५ लाख, ओडीआईका लागि ६ लाख र टी–२० खेल खेलेबापत ३ लाख दिन्छ ।

कोहली इन्डियन प्रिमियर लिग (आईपीएल)रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)को सदस्य हुन् । आरसीबीले उनलाई वार्षिक १५ करोड भारु दिन्छ । कोहलीको मुम्बई र गुरुग्राममा घर छ । मुम्बईमा रहेको घरको मूल्य ३४ करोड र गुरुग्राममा रहेको घरको मूल्य ८० करोड रहेको छ । कोहलीसँग ३१ करोडको लक्जरी कारको कलेक्सन छ ।

सामाजिक सञ्जालको कुरा गर्ने हो भने कोहलीले इन्स्टाग्राममा एउटा पोस्टको लागि ८.९ करोड भारु लिन्छन् । योसँगै उनले ट्वीटरमा प्रति पोस्ट २.५ करोड भारु लिन्छन् । कोहलीको इन्स्टाग्राम अकाउन्टमा २५ करोड (२५ करोड ३० लाख) भन्दा बढी फलोअर्स छन् । इन्स्टाग्राममा यति धेरै फलोअर हुने उनी पहिलो एसियाली पनि हुन् ।

कोहलीले ब्रान्ड एन्डोर्समेन्टबाट वार्षिक करोडौं रुपैयाँ कमाउँछन् । कोहलीले क्रिकेटबाट जति कमाइ गर्छन्, त्योभन्दा चार गुणा बढी कमाइ एन्डोर्समेन्ट, ब्रान्ड एन्डोर्समेन्ट र स्टार्टअपबाट गर्छन् ।

उनले ब्लू ट्राइब, युनिभर्सल स्पोर्ट्सबिज, एमपीएल र स्पोर्ट्स कन्भोलगायत सात स्टार्टअपमा लगानी गरेका छन् । उनले १८ भन्दा बढी ब्रान्डहरू समर्थन गर्छन् । कोहलीले हरेक विज्ञापनका लागि वार्षिक ७.५० देखि १० करोड रुपैयाँ लिने गर्छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

Techie IT