Techie IT
२०८० फागुन १६, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपालले नेदरल्यान्ड्सलाई दियो १६८ रनको लक्ष्य

नेपालले नेदरल्यान्ड्सलाई दियो १६८ रनको लक्ष्य


काठमाडौँ । आइसीसी विश्वकप छनोट–२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले ४३.३ ओभरमा अलआउट हुँदै १६७ रन जोड्यो । नेपालका लागि कप्तान रोहित पौडेलले ५५ बलमा ३३, कुशल भुर्तेलले ४२ बलमा २७, सन्दीप लामिछानेले ३३ बलमा २७, भीम सार्कीले ५६ बलमा २२, गुलशन झाले ३१ बलमा १५, दिपेन्द्र सिंह ऐरीले २१ बलमा १४ रन जोडे ।

बलिङतर्फ नेदरल्यान्ड्सका लोगान भान वीकले ४, बास डे लिडे र विक्रमजीत सिंहले दुई–दुई तथा आर्यान दत्त र क्लेटन फ्लोएडले एक–एक विकेट लिए । जारी प्रतियोगितामा नेपालको यो चौथो तथा अन्तिम खेल हो भने नेदरल्यान्ड्स तेस्रो खेल खेल्दै छ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो । नेपाल तेस्रो खेलमा वेस्टइन्डिजसँग एक सय एक रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

यस्तै नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बावेसँग छ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । नेपाललाई आजको खेलमा पराजित गरेको खण्डमा नेदरल्यान्ड्स सुपर सिक्समा पुग्नेछ । हालसम्म नेपाल र नेदरल्यान्डबीच दुई एकदिवसीय खेल भएका छन् । दुवैले एक÷एक खेलमा जित हासिल गरेका छन् ।

नेपाली टोलीमा आसिफ शेख, कुशल भूर्तेल, भीम सार्की, कप्तान रोहितकुमार पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

काठमाडौँ । त्रिकोणात्मक टी– २०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल २ रनले पराजित भएको छ । कीर्तिपुरमा भएको खेलमा १८५

सावित्राले वाफ महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी महत्वपूर्ण खेलाडी सावित्रा भण्डारी ‘साम्बाले वाफ महिला च्याम्पियनसिप’को फाइनल खेल गुमाउने भएकी छन्

टस जितेर नेदरल्यान्ड्सविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ । नेपालले त्रिकोणात्मक टी– २०आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला बलिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा

सावित्रा बनिन् दक्षिण एसियाली फुटबलमा सर्वाधिक गोलकर्ता

काठमाडौँ । राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन् । सावित्राले भारतीय

नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । लेबनानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो

नेपाल नामिबियासँग २० रनले पराजित

काठमाडौँ। नेपाल नामिबियासँग पराजित भएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो ।

Techie IT