Techie IT
२०८० जेठ २४, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेलगुजरातलाई हराउँदै चेन्नई आईपीएलको फाइनलमा

गुजरातलाई हराउँदै चेन्नई आईपीएलको फाइनलमा


एजेन्सी । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स कीर्तिमानी १० औं पटक आईपीएलको फाइनलमा पुगेको छ ।

मंगलबार राति भएको क्वालिफायर–१ मा साविक च्याम्पियन गुजरात टाइटन्सलाई १५ रनले हराउँदै चेन्नई फाइनलमा पुगेको हो । चार खेलमा गुजरात विरुद्ध चेन्नईको यो पहिलो जित हो । यसअघि सिएसकेले तीनवटै खेलमा हार बेहोरेको थियो । धोनी अब आइतबार पाँचौं पटक च्याम्पियन बन्न मैदान उत्रनेछन् ।

चेन्नईको एमए चिदम्बरम स्टेडियममा गुजरातका कप्तान हार्दिक पाण्ड्याले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । जवाफमा गुजरातको टोली २० ओभरमा १५७ रनमा सिमित भयो ।

चार पटकको च्याम्पियन चेन्नईको टोलीले उत्कृष्ट पुनरागमन गरेको छ । उ गत सिजन प्लेअफमा समेत पुग्न सकेको थिएन । यस पटक धोनीको कप्तानीमा टोलीले फेरि प्लेअफमा स्थान बनायो र त्यसपछि उपाधि नजिक पुगेको हो । फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

गुजरात टाइटन्सको कुरा गर्ने हो भने, हार्दिक पाण्ड्याका कप्तानीमा रहेको गुजरात यो हारपछि पनि आउट भएको छैन । उसले फाइनल पुग्ने दोस्रो मौका पाउनेछ । उसले मे २६ मा अहमदाबादमा हुने क्वालिफायर–२ खेल्नेछ । त्यहाँ उसले मुम्बई इन्डियन्स वा लखनऊ सुपर जाइन्ट्ससँग प्रतिस्पर्धा गर्नेछन् । इलिमिनेटर खेल आज बुधबार मुम्बई र लखनउबीच हुनेछ । यस खेलको विजेता टोलीले क्वालिफायर–२ मा गुजरातसँग खेल्नेछ ।

चेन्नईका लागि ऋतुराज गायकवाडले सर्वाधिक ६० रन बनाए । डेभन कोनवेले ४० रनको योगदान दिए । दुबैले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । रविन्द्र जडेजाले १६ बलमा २२ रन बनाए । अजिंक्य रहाणे र अम्बाती रायडुले १७–१७ रन बनाए ।

चेन्नईका कप्तान महेन्द्र सिंह धोनी र शिवम दुबेले एक–एक रन बनाए । मोइन अलीले चार बलमा ९ रन बनाएर अविजित रहे । गुजरातका लागि मोहम्मद शामी र मोहित शर्माले २–२ विकेट लिए । दर्शन नलकन्दे, नूर अहमद र राशिद खानले एक–एक सफलता हात पारे ।

चेन्नईले दिएको १७३ रनको लक्ष्य पछ्याएको गुजरातको टोलीले नियमित अन्तरालमा विकेट गुमाएको थियो । यसको मार उसले बेहोर्नुपरेको थियो । गुजरातका लागि शुभमन गिलले ३८ बलमा सर्वाधिक ४२ रन बनाए । उनले यस खेलमा पछिल्लो दुई खेलको उत्कृष्ट प्रदर्शन देखाउन सकेनन् । गिलले सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध शतक प्रहार गरेका थिए तर यसपटक भने उनले खेल समाप्त गर्न सकेनन् ।

अन्तिम ओभरमा राशिद खानले छिटो रन बनाए । उनले टिममा आशा जगाए पनि जित हात पार्न सकेनन् । राशिदले १६ बलमा ३० रन बनाए । दासुन शनाकाले १७, विजय शंकरले १४ र ऋद्धिमान साहाले १२ रन बनाए ।

कप्तान हार्दिक पाण्ड्या आठ, मोहम्मद शामी पाँच, डेभिड मिलर चार र राहुल तेवाटिया तीन रन बनाएर आउट भए । नूर अहमदले अविजित ७ रन बनाए । दर्शन नलकन्देले खाता खोल्न सकेनन् । चेन्नईका लागि दीपक चाहर, महिश तीक्षाना, रविन्द्र जडेजा र मथिशा पथिरानाले समान २–२ विकेट लिए । तुषार देशपाण्डेले एक सफलता हात पारे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बेन्जेमा साउदी प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित

एजेन्सी । फ्रान्सेली फरवार्ड करिम बेन्जेमा साउदी अरबको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । ३५ वर्षीय बेन्जेमाले

चर्च ब्वाईज पहिलो सिजनमै बन्यो ‘ए’ डिभिजन लिग च्याम्पियन

काठमाडौँ। चर्च ब्वाईज युनाइटेडले पहिलो सिजनमै शहिद सम्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ। मंगलबार दशरथ रंगशालामा भएको २५ औं

टोटनहमकाे मुख्य प्रशिक्षकमा एंगी पोस्तेकगलु नियुक्त

एजेन्सी । टोटनहमले मुख्य प्रशिक्षकमा एंगी पोस्तेकगलुलाई नियुक्त गरेको छ । प्रशिक्षक एन्टोनियो कोन्टेले छोडेपछि क्लब नयाँ प्रशिक्षकको खोजीमा रहेको

लेस्टर सिटीका सात जना खेलाडीहरुले क्लब छोडे

एजेन्सी । हालै रेलिगेट भएको लेस्टर सिटीका सात जना खेलाडीहरुले क्लब छोडेका छन् । योरी टेलिस्म्यान, सोयुसु, ड्यानियल अमार्ते, मेण्डी,

‘ए’ डिभिजन लिगमा आज चार खेल, चर्च ब्वाइजलाई च्याम्पियन बन्ने…

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबार चार खेलहरु हुँदैछन् । दोस्रो लेगको १२ औं चरण

म्याक एलिस्टर लिभरपुलमा अनुबन्ध हुने पक्का

एजेन्सी । ब्राइटनका स्टार खेलाडी म्याक एलिस्टरलाई लिभरपुलले अनुबन्ध गर्ने पक्का भएको छ । उनलाई लिभरपुलले ६० मिलियन पाउण्डमा अनुबन्ध

Techie IT