Techie IT
२०८१ वैशाख २५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपालले यूएईलाई तीन विकेटले हरायो

नेपालले यूएईलाई तीन विकेटले हरायो


काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले यूएईमाथि जित निकालेको छ । हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा आइतबार सम्पन्न खेलमा नेपालले यूएईलाई तीन विकेटले हराएको हो ।

१८२ रनको लक्ष्य पछ्याएको नेपालको जितमा दीपेन्द्रसिंह ऐरी नायक बने । ऐरीले सम्हालिएर प्रदर्शन गर्दै सात चौका र दुई छक्काको मद्दतमा ८५ बलमा ७९ रन बनाए ।

उनलाई सन्दीप लामिछानेले २३ रनसहित साथ दिए । यसबाहेक नेपालका लागि ओपनर कुशल भुर्तेलले ५९ बलमा ३५, ज्ञानेन्द्र मल्लले २२ बलमा १३ रन र गुल्शन झाले २४ बलमा १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको युएईले ४६.५ ओभरमा अलआउट हुँदै १८१ रन जोड्यो ।

यूएईका लागि कप्तान वृत्य अरविन्दले ७५ बलमा ४४, रोहन मुस्ताफाले ५६ बलमा ३५, वसिल हमिदले ३५ बलमा २९, आर्यान्श शर्माले ४३ बलमा २८ रन जोडे ।

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछाने र करण केसीले तीन–तीन विकेट लिए । यस्तै, गुलशन झा, दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।

विश्वकपको सुपर सिक्समा पुग्न नसकेको नेपालले यूएईसँग प्ले अफ खेल्न लागेको हो । नेपालले सातौँ स्थानको लागि अव आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने यूएईले नवौँ स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्वकप खेल्ने नेपाली क्रिकेट टिम अमेरिका पुग्यो

काठमाडौँ । आइसीसी टि२० विश्वकप २०२४ खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

Techie IT