Techie IT
२०८१ वैशाख २२, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाल आयरल्यान्डसँग पराजित

नेपाल आयरल्यान्डसँग पराजित


काठमाडौँ । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत मंगलबार भएको सातौँ स्थानको भिडन्तमा नेपाल टेष्ट राष्ट्र आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ ।

विभिन्न १० टोली सहभागी उक्त प्रतियोगितामा नेपालले आठौँ स्थानमा रहँदै विश्वकप छनोट यात्रा सकाएको छ । यस जितसँगै आयरल्याण्ड भने सातौँ स्थानमा रहेको छ । जितका लागि नेपालले दिएको दुई सय ६९ रनको विजयी लक्ष्य आयरल्यान्डले ४९ दशमलव दुई ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो ।

आयरल्यान्डको जितमा कर्टिस क्याम्फरले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ५९ बलमा ८ चौका र १ छक्कासहित ६२ रन जोडेका हुन । त्यस्तै ह्यारी टेक्टरले ६० रनको योगदान दिए । उनले ७६ बलमा ४ चौका र २ छक्कासहित ६० रन बनाएका हुन् ।

यसैगरी जर्ज डोकरेल ४७ बलमा २ चौका र १ छक्कासहित ३३ रनमा क्याच आउट भए । लोर्कान टकरले २२ बलमा २ चौका र १ छक्कासहित २४ रन बनाए । ओपनर एन्डी म्याकब्रिन १७ रनमा आउट भए । कप्तान एन्डी बालबर्नी १ रनमा आउट हुदाँ पल स्टरलिङले १५ रन बनाए ।

नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिए भने किशोर महतोले दुई विकेट लिए । सन्दीप लामिछानेले र गुलशन झाले समान एक एक विकेट लिए । त्यसअघि जिम्बावेको हरारेमा रहेको टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि गुलशन झाले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ४२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अविजित ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै नेपालका सुरुआती ब्याट्सम्यान अर्जुन साउदले ४८ रन बनाए । उनले ८४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४८ रन बनाएका हुन । कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्काको सहयोगमा ४४ रन बनाए ।

त्यस्तै सन्दीप लामिछानले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाए भने कप्तान रोहित पौडेलले ३५ बलमा २९ रन जोडे । भीम सार्कीले २० रन बनाए ।

बलिङतर्फ आयरल्यान्डका मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योङले समान २/२ विकेट झारे भने एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १/१ विकेट लिए ।

विभिन्न १० टोली सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ए मा रहेको थियो । समूह चरणको खेलमा नेपाल ४ खेलमा ३ मा हार र १ खेलमा विजयी भएको थियो । नेपाल समूह चरणको खेलमा चौथो स्थानमा रहेको थियो ।

नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने वेस्टइन्डिजसँग १ सय १ को हार बेहोरेको थियो । त्यस्तै नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि नेपाल सुपर सिक्समा पुग्न सकेको थिएन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

Techie IT