Techie IT
२०८० जेठ २४, बुधबार
NepaliPatra logo
गृहपृष्ठखेललखनउलाई ८१ रनले हराउँदै मुम्बई आईपीएलको दोस्रो क्वालिफायरमा

लखनउलाई ८१ रनले हराउँदै मुम्बई आईपीएलको दोस्रो क्वालिफायरमा


एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को एलिमेनेटर खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्ट्सलाई ८१ रनले पराजित गरेको छ ।

योसँगै मुम्बईको टोली दोस्रो क्वालिफायरमा पुगेको छ । यहाँ मुम्बईले गुजरात टाइटन्सको सामना गर्नेछ । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले आठ विकेट गुमाएर १८२ रन बनाएको थियो ।

जवाफमा लखनउको टोली १६.३ ओभरमा १०१ रनमै सिमित भयो । यस खेलमा मुम्बईका लागि सबै खेलाडीले ब्याटिङमा योगदान दिएका थिए । ग्रीनले सर्वाधिक ४१ रन बनाए । लखनउका नवीन उल हकले चार र यश ठाकुरले तीन विकेट लिए । लखनउका लागि दोस्रो इनिङ्समा मार्कस स्टोइनिसले सर्वाधिक ४० रन बनाए । मुम्बईका आकाश मधवालले ५ विकेट लिए ।

पाँच पटकको विजेता मुम्बई इन्डियन्स सातौं फाइनलबाट एक कदम टाढा छ । मुम्बईका लागि ग्रीन (४१) र सूर्यकुमार (३३)ले ६६ रनको साझेदारी गर्दै टोलीलाई राम्रो स्कोरमा पुर्याए । यसै क्रममा आकाश मधवालले बलको साथमा चमत्कारी प्रदर्शन गरे । उनले ३.३ ओभरमा मात्र ५ रन दिएर पाँच विकेट लिए । यो आईपीएल १६ मा बल मार्फत अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । आकाशले अनिल कुम्बलेको कीर्तिमान बराबरी गरेका छन् । कुम्बलेले सन् २००९ मा ३.१ ओभरमा ५ रन दिएर ५ विकेट लिएका थिए । मधवालले ३.३ ओभरमा यो उपलब्धि हासिल गरेका हुन् ।

१८३ रनको लक्ष्य पछ्याएको लखनउको सुरुवात राम्रो हुन सकेन । आकाश मधवालले प्रेरक मङ्कड (३) लाई आउट गरे । काइल मायर्सले तीन चौका प्रहार गर्दै १८ रन बनाए पनि चौथो ओभरमा क्रिस जोर्डनले उनलाई आउट गरेका थिए । स्टोइनिसले रनको गति बढाए । उनको कारणले लखनउले पावरप्लेमा दुई विकेटमा ५४ रन बनाएको थियो तर त्यसपछि क्रुणाल पाण्ड्या (८) पियुष चावलाको शिकार बने ।

लखनउका लागि आकाश मधवाल १० औं ओभरमा दुर्भाग्य साबित बने । उनले लगातार दुई बलमा आयुष बडोनी (१) र निकोलस पूरन (०) लाई आउट गरे । २७ बलमा ४० रन बनाएका स्टोइनिस पनि रनआउट भएपछि लखनउ दबाबमा पर्यो । लखनउको स्कोर १२ ओभरमा ६ विकेट गुमाएर ९० रन थियो । लखनउका तीन ब्याट्सम्यान रनआउट भए ।

यसअघि मुम्बईका कप्तान रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । चेन्नईको सुस्त पिचलाई ध्यानमा राख्दै लखनउका कप्तान क्रुणाल पाण्ड्याले स्पिनरहरूसँग बलिङ गर्न थाले पनि उनको चाल सफल हुन सकेन । तेस्रो ओभरमा रोहितले क्रुणाललाई छक्का प्रहार गर्दै खाता खोलेका थिए ।

चौथो ओभरमा क्रुणालले फास्ट बलर नवीन उल हकलाई ल्याए । उनले रोहित (११) को कभरमा बडोनीको हातमा कयाच आउट गरे । यश ठाकुरको अर्को ओभरमा तीन चौका प्रहार गर्ने इशान किशन (१५) पनि आउट भए ।

पछिल्लो खेलमा शतक प्रहार गरेका क्यामरन ग्रीनले क्रुणालले बोल्ड गरेको छैठौं ओभरमा तीन चौका प्रहार गरे । पावरप्लेमा मुम्बईले दुई विकेटको क्षतिमा ६२ रन बनाएको थियो । यो सिजन चेन्नईमा तेस्रो उच्च पावरप्ले स्कोर हो ।

मुम्बईको आशा ग्रीन र सूर्यकुमार यादवमा थियो । दुबैले १० ओभरमा दुई विकेट गुमाएर टोलीको स्कोर ९८ मा पुर्याए पनि क्रुणालले ११ औं ओभरमा नवीनलाई फर्काए । पहिलो, सूर्यले चौका प्रहार गर्दै मुम्बईलाई शतक पार गराए । त्यसपछि उनले गौतमलाई सहज क्याच दिए । सूर्यले २० बलमा ३३ रन बनाए । दुवैले तेस्रो विकेटका लागि ३८ बलमा ६६ रनको साझेदारी गरे । एक बलपछि नवीनले ग्रीनलाई बोल्ड गरे । ग्रीनले २३ बलमा ४१ रन बनाए ।

१० ओभरमा ९८ रन बनाएपछि मुम्बईले अर्को ५ ओभरमा ३३ रन मात्र बनाएको थियो । १५ ओभरमा उसको स्कोर चार विकेटमा १३१ रन थियो । १६ औं ओभरमा तिलक वर्माले नवीनलाई छक्का प्रहार गरे । यसअघि उनले बिश्नोईलाई छक्का प्रहार गरेका थिए । यश ठाकुरले १७ औं ओभरमा टिम डेभिड (१३)लाई आउट गरे । दुवैले ३३ बलमा ४३ रन जोडे । नवीनले तिलक वर्मा (२६) लाई पनि आउट गरे । अन्तिम १० ओभरमा मुम्बईले मात्र ८४ रन बनायो ।

लखनउको टोलीले लगातार दोस्रो वर्ष एलिमिनेटर खेलमा हार बेहोरेको छ । यो टोलीले प्लेअफमा अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन । योसँगै लखनउले प्लेअफमा दुई खेल खेलेको छ र दुवैमा हार बेहोरेको छ ।

यता मुम्बईले अब भोलि शुक्रबार दोस्रो क्वालिफायरमा गुजरात टाइटन्सको सामना गर्नेछ । यी दुई टोलीबीचको विजेताले उपाधिका लागि चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । चेन्नई पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बेन्जेमा साउदी प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित

एजेन्सी । फ्रान्सेली फरवार्ड करिम बेन्जेमा साउदी अरबको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । ३५ वर्षीय बेन्जेमाले

चर्च ब्वाईज पहिलो सिजनमै बन्यो ‘ए’ डिभिजन लिग च्याम्पियन

काठमाडौँ। चर्च ब्वाईज युनाइटेडले पहिलो सिजनमै शहिद सम्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ। मंगलबार दशरथ रंगशालामा भएको २५ औं

टोटनहमकाे मुख्य प्रशिक्षकमा एंगी पोस्तेकगलु नियुक्त

एजेन्सी । टोटनहमले मुख्य प्रशिक्षकमा एंगी पोस्तेकगलुलाई नियुक्त गरेको छ । प्रशिक्षक एन्टोनियो कोन्टेले छोडेपछि क्लब नयाँ प्रशिक्षकको खोजीमा रहेको

लेस्टर सिटीका सात जना खेलाडीहरुले क्लब छोडे

एजेन्सी । हालै रेलिगेट भएको लेस्टर सिटीका सात जना खेलाडीहरुले क्लब छोडेका छन् । योरी टेलिस्म्यान, सोयुसु, ड्यानियल अमार्ते, मेण्डी,

‘ए’ डिभिजन लिगमा आज चार खेल, चर्च ब्वाइजलाई च्याम्पियन बन्ने…

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबार चार खेलहरु हुँदैछन् । दोस्रो लेगको १२ औं चरण

म्याक एलिस्टर लिभरपुलमा अनुबन्ध हुने पक्का

एजेन्सी । ब्राइटनका स्टार खेलाडी म्याक एलिस्टरलाई लिभरपुलले अनुबन्ध गर्ने पक्का भएको छ । उनलाई लिभरपुलले ६० मिलियन पाउण्डमा अनुबन्ध

Techie IT