News | Tag: नेकपा (नेकपा)

सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै, सभामुखको उम्मेदवार टुंगो लगाउने तयारी

6 months ago

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउँसो ४ बजेको लागि बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार बिहान करिब ३ घण्टा छलफल भएपश्चात सचिवालय बैठक बोलाइएको हो । सभामुख चयनका विषयमा छलफल गर्न अध्यक्ष प्रचण्ड आइतबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

सत्तारुढ नेकपाको केन्द्रीय समिति बैठक सर्‍यो

7 months ago

काठमाडौं । आवश्यक तयारी नपुगेको भन्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पुस २३ गतेका लागि डाकेको केन्द्रीय समिति बैठक सारेको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले आवश्यक तयारी नपुगेको भन्दै केन्द्रीय कमिटी बैठक सार्ने निर्णय गरेको हो ।

केन्द्रीय कमिटी बैठकको तयारीमा जुट्याे सत्तारुढ नेकपा

7 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी गरिएको छ । यही पुस २३ बस्ने केन्द्रीय कमिटीको बैठकको तयारी गरिएको पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक ६ महिनामा एक पटक बस्ने व्यवस्था भए पनि डेढ वर्षमा पहिलो पटक बस्न थालेको हो ।

राष्ट्रियसभा निर्वाचनकाे लागि सत्तारुढ नेकपाले टुंग्यायो १७ जना उम्मेदवारहरूको नामावली

7 months ago

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवारहरूको नामावली टुंगो लगाएको छ । बिहीबारको बैठक अनिर्णित भएपछि शुक्रबार पुनः बसेको बैठकले माघ ९ गते हुने निर्वाचनको लागि १७ जना उम्मेदवारको नाम टुंगो लगाएको हो ।

बालुवाटारमा नेकपाको सचिवालय बैठक चल्दै, राष्ट्रियसभाका उम्मेदवारबारे निर्णय लिइने

7 months ago

काठमाडौँ । बिहीबार निर्णयविहीन भएर टुंगिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बिहानबाट फेरि सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ८ बजेबाट सुरु भएको बैठकले राष्ट्रियसभाका उम्मेदवारबारे निर्णय लिने बताइएको छ । सभामुख चयन र राष्ट्रियसभाका उम्मेदवारको विषयमा निर्णय लिन बिहीबार बोलाइएको बैठक अनिर्णित भएपछि शुक्रबार पुनः बैठक बसेको हो ।

सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै, सभामुख र राष्ट्रियसभा उम्मेदवारबारे प्याकेजमा सहमति खोजिने

7 months ago

काठमाडौँ । सभामुख चयन र राष्ट्रियसभा उम्मेदवार चयनका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्दैछ । पार्टी महासचिव विष्णु पौडेलले बिहीबार दिउँसो ४ बजे बैठक बोलाइएको जानकारी दिएका छन् । ‘हामी आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयको बैठक बस्दैछौँ’, महासचिव पौडेलले भने, ‘सभामुख र राष्ट्रिय सभा उम्मेदवार चयनका विषयमा छलफल गदैछौं ।’

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सम्पन्न, यस्ता छन् निर्णय र प्रस्तावहरू

7 months ago

काठमाडौँ । गत मंसिर २९ गतेबाट सुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक आज सम्पन्न भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा आठ दिनसम्म चलेको बैठक विभिन्न विषयहरूमा निर्णय गर्दै आइतबार सम्पन्न भएको हो । बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्दै सर्वसम्मतिले पारित गरेको छ ।

एमसीसीबारे सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक अनिर्णित, निर्णय गर्ने जिम्मा सचिवालयलाई

7 months ago

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी)को विषय अनिर्णित भएको छ । मंसिर २९ गतेदेखि सुरु भएको बैठकमा एमसीसी अमेरिकाको इन्डो प्यासिफिक रणनीति अन्तर्गत भएको भन्दै विरोध भएको थियो । बैठकको टुंग्याउने भनिएको दिन आइतबार स्थायी कमिटी बैठकले उक्त विषयमा निर्णय लिन नसकेपछि सचिवालयलाई यसबारे निर्णय लिने अधिकार दिइएको छ ।

एक हप्तादेखि चलिरहेको स्थायी कमिटी बैठक आज सकिने

7 months ago

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एक हप्तादेखि चलिरहेको स्थायी कमिटी बैठक आज सकिदैँछ । शनिबार नै सक्ने तयारी गरे पनि प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई निष्कर्षका रुपमा पारित गर्ने काम बाँकी रहेकोले बैठक लम्बिएको थियो ।

टुंगिएन सत्तारूढ नेकपाकाे बैठक, आइतबार पुनः बस्ने

7 months ago

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक पुस ६ गते आइतबार पुनः बस्ने गरी स्थगित भएको छ । प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई निष्कर्षका रुपमा पारित गर्ने काम बाँकी रहेकोले बैठक लम्बिएको बताइएको छ । शनिबारको बैठकमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि महासचिव विष्णुप्रसाद पौडेलले आफ्नो धारणा राखेका थिए ।

Page 1 of 8

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।