News | Tag: प्रतिनिधिसभा

सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित

1 month ago

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकले उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

बजेटसँग सम्बन्धित तीन विधेयक पारित

1 month ago

काठमाडौँ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट आएका बजेटसँग सम्बन्धीत विभिन्न तीन विधयेक पारित गरेको छ । सभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित आएका “आर्थिक विधेयक, २०७७”, “राष्ट्र ऋण उठाउने विधेयक, २०७७” र “ऋण तथा जमानत विधेयक, २०७७” लाई पारित गरेको हो ।

करका दरबारे आज संसदमा छलफल हुने

1 month ago

काठमाडौँ । आर्थिक वर्ष २०७७/७८ को बजेटमा आश्रित आर्थिक विधेयकका सम्बन्धमा आज प्रतिनिधिसभामा छलफल हुँदैछ । बैठकले बजेटको सबैभन्दा लामो र झन्झटिलो मानिने विनियोजन विधेयकलाई यसअघि नै हुबहु पास गरेर राष्ट्रियसभामा पठाइसकेपछि आज करका दरको बारेमा छलफल हुन लागेको हो । हरेक आर्थिक विधेयकमा जस्तै यो वर्ष केही करका दरहरु समायोजन भएका छन् ।

संविधान संशोधनमा साना दलको समर्थन

1 month ago

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि विभिन्न साना दलले समर्थन जनाएका छन् । सभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले संविधान संशोधन गरेर नयाँ नक्शा समावेश गर्ने आजको दिन सबै नेपालीका लागि खुशीको दिन हो भने ।

सांसद् गिरीको संशोधन प्रस्ताव प्रस्तुत गर्न अस्वीकृत

1 month ago

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा समाजवादी पार्टीकी सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति प्राप्त भएन ।

‘चकलेटमा भन्सार कम र कृषि मलमा कर वृद्धि समाजवाद विपरीत'

2 months ago

काठमाडौँ । प्रतिनिधिसभाका सदस्यले आर्थिक वर्ष २०७७÷७८ को बजेटमा नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायत भाररतद्वारा अतिक्रमित क्षेत्रका लागि बजेटमा कुनै कार्यक्रम नआएकामा चिन्ता व्यक्त गरेका छन् ।

विनियोजन विधेयकमाथि मन्त्रालयगत शीर्षकमा छलफल जारी

2 months ago

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ को विभिन्न शीर्षकमाथिको छलफल शुरु भएको छ । आजको बैठकमा अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, संस्कृति,

'रुकुमपश्चिमको हत्याकाण्डलाई राजनीतिकरण नगरियाेस्'

2 months ago

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा यही जेठ १० गते रुकुमपश्चिममा भएको हत्याको घटनाका विषयमा आवाज उठाउँदै सर्वदलीय छानविनको माग गरेका छन् ।

प्रधानमन्त्रीलाई उभिन गाह्रो भएपछि कुर्सीमा बसेर सम्बोधन

2 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा उभिन गाह्रो भएपछि कुर्सीमा बसेर सम्बोधन गरिरहेका छन् । सम्बोधनको क्रममा ओलीको खुट्टामा समस्या समस्या आएको कारण उनले कुर्सीमा बसेर सम्बोधन गरेका हुन् । उनले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा भने, ‘सभामुखज्यू मलाई उभिएर बोल्न गाह्रो भयो, स्वास्थ्यका कारण गाह्रो भयो । अपरेसन गरेकाले समस्या भएको छ ।’

सीमामा अलपत्र नेपालीलाई भित्र्याउन सांसदको माग

2 months ago

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा भारतको सीमामा अलपत्र नेपालीलाई भित्र्याउने सम्बन्धमा सरकारले गम्भीरताका साथ चासो दिनुपर्ने आवाज उठेको छ ।

Page 1 of 4

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।