News | Tag: रामबहादुर थापा 'बादल'

सीतापुर घटनाका दोषीलाई कारवाही गर्न सरकार गम्भीर : गृहमन्त्री थापा

10 months ago

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपाली काङ्ग्रेसले सुरू गरेको दोस्रो चरणको जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारवाही गर्ने बताएका छन् । नेपाली काङ्ग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले शनिबार बिहान सिंहदरबारमा दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले घटनाका दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाउने बताएका हुन् ।

गृहमन्त्रीका भाई भन्छन् : समीरमानलाई चिन्दिनँ

10 months ago

काठमाडौँ । गुण्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर फिरौति लिएको अभियोगमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाई नरेशकुमार थापाले आफुमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।

गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी काम भइरहेकाे गृहमन्त्रीकाे दाबी

1 year ago

चितवन । गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताएका छन् । पूर्वी चितवनको रत्ननगरमा आज आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उनले सरकारले अहिले रहेको १८ प्रतिशत गरीबीलाई शून्यमा झार्ने लक्ष्यसाथ काम अघि बढाइरहेको बताए ।

यातायात अवरुद्ध गरेकाले बल प्रयोग गर्न बाध्य : गृहमन्त्री थापा

1 year ago

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले आइतबार माइतीघर मण्डलामा गुठी विधेयकको विरोधमा प्रदर्शन गर्नेले सडकमा सुतेर सार्वजनिक यातायात अवरुद्ध गरेकाले प्रहरीले बल प्रयोग गर्न बाध्य हुनुपरेको बताएका छन् ।

समृद्धि प्राप्त हुन्छ : गृहमन्त्री थापा

1 year ago

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले देशमा भ्रष्टाचारको अन्त्य गरी सामाजिक न्याय र समानता कायम भएपछि समृद्धि प्राप्त हुने बताएका छन् । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले आज आयोजना गरेको परिचयपत्र वितरण कार्यक्रममा उनले बौद्ध दर्शनको शिक्षाबाट समाजलाई नैतिकवान, अनुशासित र मर्यादित बनाउन सकिने तथा त्यसले शान्ति र स्थायित्व कायम भई समाजवाद कार्यान्वयन हुन सक्ने विचार व्यक्त गरे ।

विप्लवसँग वार्तामा आउनुकाे विकल्प छैन : गृहमन्त्री थापा

1 year ago

विराटनगर । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा खलल पुर्‍याउने छुट कसैलाई पनि नदिने बताएका छन् । गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नं. १ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर आएका मन्त्री थापाले सञ्चारकर्मीहरूसँग भने, ‘आन्दोलनको नाममा जनताको अधिकार कुण्ठित गरी शान्ति सुरक्षामा अवरोध पु¥याउनेलाई सरकारले कानून बमोजिम कारवाही गरिनेछ ।’

सीके राउतसँगकाे सहमतिमा सरकार चिप्लियाे भन्नु भ्रम हाे : गृहमन्त्री थापा

1 year ago

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको राजनीतिक सहमतिप्रति खुशी र उत्साहित ढङ्गबाट नभई भिन्न कोणबाट प्रतिक्रिया आउनुले आश्चर्य तुल्याएको बताएका छन् । सरकार र उक्त गठबन्धनबीच भएको राजनीतिक सहमतिबारे प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले जानकारी माग गरेपछि गृहमन्त्री थापाले त्यसबारे जवाफ दिएका हुन् ।

निर्मलाकाे हत्यारा पत्ता लगाएरै छाड्ने गृहमन्त्रीकाे प्रतिबद्धता

1 year ago

धनगढी । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । धनगढीमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले भने, ‘छिटोभन्दा छिटो अपराधीलाई कानूनको कठघरामा उभ्याउने छौँ ।’ घटना भएको शुरुको अवस्थामा लापर्वाही हुँदा अनुसन्धानमा जटिलता पैदा भएको बताउँदै उनले उक्त घटनामा अनुसन्धान कार्य भइरहेको बताए ।

गृहमन्त्री थापा र इजरायली राजदूतबीच भेटवार्ता

1 year ago

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा 'बादल' सँग नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विविधि क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

1 year ago

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नागरिकता राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं राष्ट्रिय सुरक्षा र स्वाधीनतासित जोडिएको प्रश्न भएकाले सुझबुझपूर्ण निर्णय आवश्यक रहेको बताएका छन् ।

Page 1 of 2

प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।