News | Tag: राष्ट्रिय जनता पार्टी

अध्यादेशपछि ‘जनता समाजवादी’को जन्म

6 months ago

काठमाडौँ । गत सोमबार मन्त्रिपरिषद्ले पार्टी फुटाउन सजिलो हुने गरि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि देशको राजनीतिक अवस्था तरंगित भएको छ । कोरोना भाइरसविरुद्धको लडाईको लागि देश ‘लकडाउन’मा रहेको बेला त्यस्तो अध्यादेश ल्याइएपछि विपक्षीमात्रै होइन सत्तारुढ दलकै नेताहरुले पनि यसको चर्को विरोध भएको छ । यसै अध्यादेशको कारण राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकता समेत भएको छ ।

कोभिड–१९ विरुद्ध जुट्न राजपाको अपिल

6 months ago

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्नो चौथो स्थापना दिवसको अवसरमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक मतदाता तथा आम जनसमुदायलाई शुभकामना तथा बधाई ज्ञापन गरेको छ । राजपा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले आइतबार एक विज्ञिप्त जारी गर्दै कोभिड–१९ को महामारीको जोखिमका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम गर्न नसकिएको जनाउँदै पार्टी स्थापना दिवसका अवसरमा सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका हुन् ।

‘लकडाउन’को पालना गरि सुरक्षित र धैर्यताका साथ घरमा बस्न राजपाको अपिल

6 months ago

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न सरकारद्वारा घोषित ‘लकडाउन’को पालना गरी सुरक्षित र धैर्यताका साथ घरमै बस्न अपिल गरेको छ । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक शरत्सिंह भण्डारीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा सबै नेपाली जनतालाई जिम्मेवारीपूर्वक धैर्यताका साथ लकडाउनमा घरमा बस्न अपिल गरेका हुन् ।

कोरोना सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा राजपाका सांसदले १५ दिनको तलब दिने

6 months ago

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले १५ दिनको तलब कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । राजपाका संयोजक शरत्सिंह भण्डारीको निर्देशन बमोजिम सांसदले १५ दिनको तलव दिने भएका पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

नेकपा र राजपाबीचको सहकार्य राम्रो शुरुआतः उपप्रधानमन्त्री पोखरेल

8 months ago

महोत्तरी । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीचको सहकार्य राम्रो शुरुआत भएको बताए । बर्दिवासमा नेकपा महोत्तरीद्वारा आयोजित प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्वाचित प्रतिनिधिलाई शनिबार बधाइ ज्ञापन गर्दै उनले राजपासँगको सहकार्यले निर्वाचनमा राम्रो परिणाम आएको छ भने ।

राजपाले छान्यो तीन राज्यमन्त्री

2 years ago

महेन्द्रनगर । राष्ट्रिय जनता पार्टीले प्रदेश नं २ मा सरकारमा सहभागि हुन तीन राज्यमन्त्री छानेको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तीन राज्यमन्त्रीको नाम पठाउनुभएको हो । राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा छन् ।

राजपाले समर्थन फिर्ता लिने, शरत्सिंह र राजेन्द्र छट्पटिए

2 years ago

काठमाडौं । राष्ट्रिय जनता पार्टी कम्युनिस्ट सरकारमा सामेल हुने चर्चा चलिरहेका बेला उक्त पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने आन्तरिक तयारी शुरु गरेको छ । राजपाका एक नेता राजेन्द्र महतोलाई निर्वाचन जिताउन सहयोग गरेको कम्युनिस्ट पार्टीले राजपालाई सरकारमा सहभागी गराउन प्रयास गर्दै आएको थियो ।

राजपा संघीय सरकारमा पनि नजाने, प्रदेश सरकार पनि नछाड्ने

2 years ago

विरानगर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान अवस्थामा पार्टी संघीय सरकारमा सहभागी नहुने बताएका छन् ।

Page 1 of 1

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।