News | Tag: Bharatpur
भरतपुर बन्यो पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर
3 years agoभरतपुर । भरतपुर महानगरपालिकालाई आज एक समारोहका बीच सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको छ । भरतपुर महानगरपालिका, मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त प्रयासबाट सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको हो ।
भरतपुरमा अजबगजबको नियमः एक वडा एक रङ
3 years agoभरतपुर । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो ।
आगजनी र तोडफोड अभियोगमा प्रहरीले पक्राउ गरेका तीन जना धरौटीमा रिहा
3 years agoभरतपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार भएको आगजनी र तोडफोड अभियोगमा प्रहरीले पक्राउ गरेका तीन जना मङ्गलबार धरौटीमा रिहा भएका छन् । रत्ननगर नगरपालिका–९ का कुलप्रसाद लामिछाने, राप्ती नगरपालिका–८ का खिलप्रसाद घिमिरे र रेष्टुरेन्ट एण्ड बार एशोसिएसन सौराहाका अध्यक्ष गोकर्ण गिरी प्रतिव्यक्ति रु ५४ हजार धरौटीमा रिहा भएका हुन् ।
भरतपुर कारागार सार्ने तयारी
3 years agoचितवन । जिल्ला कारागार भरतपुर रहेको ठाउँ साँघुरो भएपछि स्थानान्तरण गरिने भएको छ । सोका लागि जग्गा खोजीकार्य अघि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार कैदीबन्दीको सङ्ख्या बढ्दै गएपछि फराकिलो ठाउँमा एक हजार क्षमताको कारागार निर्माण गर्ने तयारी गरिएको छ । हाल कारागारको क्षमता २८० भए पनि अहिले ७३० कैदीबन्दी छन् । बस्नेतले चार÷पाँच बिघा जमीन खोजी भइरहेको बताए । हाल कारागार रहेको ठाउँमा एक बिघा १३ कठ्ठा जमीन रहेको छ ।
भरतपुर महानगर पाराेमुक्त, घाेषणा हुन मात्रै बाँकी
3 years agoचितवन । स्वस्थ शहरका रूपमा विकास हुँदै गएको भरतपुर महानगर पारो (मर्करी) मुक्त महानगर हुने भएको छ ।
उप-मेयरलाई ज्यान मार्ने धम्की आए पछि चितवन काँग्रेसकाे कडा चेतावनी
3 years agoचितवन । भरतपुर महानगरपालिकाकी उप–प्रमुख पार्वती शाहलाई ज्यान मार्ने धम्की आएको भन्दै नेपाली काँग्रेस चितवनले आपत्ती जनाएको छ । उप–प्रमुख शाहलाई सामाजिक सञ्जाल मार्फत् ज्यान मार्ने धम्की आएको जनाउँदै नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा जारी विज्ञप्तिमा जनप्रतिनिधिको मनोबल गिराउने कार्यप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।
भरतपुरकी उप-मेयरलाई ज्यान मार्ने धम्की, पेलेर जान खाेजेकाे गुनासाे
3 years agoचितवन । भरतपुर महानगरपालिकाकी उप–प्रमुख पार्वती शाहले आफुलाई ज्यान मार्ने धम्की आएको बताएकी छन् । उप–प्रमुख शाहले आज आफ्नो कार्यकक्षमा बोलाएको पत्रकार भेटघाट कार्यक्रममा आफुलाई ज्यान मार्ने धम्की आएको बताएकी हुन् । उनले आफुहरूलाई बारम्बार पेलेर जान खोजिएको बताउँदै महानगरकै कर्मचारीहरूले समेत नटेरेको गुनासो गरिन् ।
भरतपुर महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै
3 years agoचितवन । स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन गरिरहेको भरतपुर महानगरपालिकामा बसोबास गर्ने ६८ परिवार नदीको भरमा जीवीकोपार्जन गर्दै आएका छन् । यहाँका नारायणी र राप्ती नदीमा माछा मारेर उनीहरुले जीवीकोपार्जन गर्दै आएका हुन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने ती नदीमा माछा मार्नका लागि निकुञ्जसँग अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ ।
गिट्टी बालुवामा लगाइएकाे कर भरतपुर महानगरपालिकाले उठाउने
3 years agoचितवन । गिट्टी तथा बालुवामामा लगाइँदै आएको कर अब भरतपुर महानगरपालिकाले उठाउने भएको छ । यसअघि सविकको जिल्ला विकास समितिले उक्त कर उठाउँदै आएको थियो ।
एउटै अस्पतालको भरमा १५० होटल
3 years agoचितवन । एउटा अस्पतालमा उपचार गराउन आउने बिरामी र आफन्तका भरमा १५० होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् ।
Page 1 of 2
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।