News | Tag: Biplob

प्रतिबन्धित नेकपाका रूकुमपूर्व जिल्ला इन्चार्ज पक्राउ

3 years ago

रुकुमपश्चिम । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमपूर्वका जिल्ला इञ्चार्ज कर्णबहादुर नकाल ‘शिविर’ पक्राउ परेका छन् । रुकुमपश्चिम जिल्ला प्रहरी कार्यालयले गए राति जिल्लाको सानीभेरी गाउँपालिका–३ गरायला निवासी उहाँलाई सोही ठाउँबाट पक्राउ गरिएको जनाएको छ ।

बैशाख २३ काे बन्द हाम्राे हाेइन : प्रतिबन्धित नेकपा

3 years ago

काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले बैशाख २३ गते बन्दको कुनै कार्यक्रम नराखेको स्पष्ट पारेको छ । सामाजिक सञ्जालहरूहरूमा नेपाल बन्दको समाचारहरु व्यापक रूपमा आइरहेको अवस्थामा उक्त बन्द आफ्नो पार्टीले नराखेको नेकपाले जनाएको हो ।

प्रतिबन्धित नेकपाका कञ्चनपुर जिल्ला सदस्य पक्राउ

3 years ago

कञ्चनपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला सदस्य लक्ष्मण बडुवाल पक्राउ परेका छन् । प्रहरीले बडुवाललाई कञ्चनपुरको महाकाली नगरपालिको दोधारा चाँदनी क्षेत्रबाट पक्राउ गरेको हो । मङ्गलबार पक्राउ परेका बडुवाललाई अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।

विप्लवकाे अपिलमा भ्रष्टाचारका काण्डहरूकाे फेहरिस्त

3 years ago

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले सरकारी दमनको प्रतिरोध गरौं भन्दै जनताका नाममा अपिल जारी गरेको छ । नेकपाद्वारा जारी अपिलमा पक्राउ गरिएका आफ्ना नेता, कार्यकर्ताहरूको रिहाइ, झुट्टा मुद्दा खारेजी र भ्रष्टाचार, तस्करी र राष्ट्रघातका विरुद्ध वैशाख ५ गते कलकारखाना, शैक्षिक संस्था, यातायात र व्यापार–व्यवसाय बन्द गर्न समेत आह्वान गरिएको छ ।

विप्लव समूहका मकवानपुर जिल्ला इन्चार्ज पक्राउ

3 years ago

मकवानपुर । नेत्रविक्रम चन्द नेतृत्वको समूहका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) लाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गएराति चन्द समूहका मकवानपुर इञ्चार्ज घलान र अर्का एक जनालाई पक्राउ गरेको हो । ज्वालासहित दुईजनालाई हेटौँडाको फायरलाइनबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

विप्लवका चार कार्यकर्ताद्वारा आत्मसमर्पण, कागज गराएर छाडे पनि निगरानी जारी

3 years ago

बाँके । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जिल्लामा हालसम्म चार कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण गर्नेमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ, सल्यान घर भई नेपालगञ्ज उपमहानगरपालिका–२ बस्ने डिल्लीबहादुर डिसी, कोहलपुर बस्ने रामजी कुँवर र रुकुम चौरजहारीका गगन खड्का रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओली जहाँ जान्छन् त्यहिँ बन्द गर्ने विप्लवकाे घाेषणा

3 years ago

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै संघर्षका विभिन्न कार्यक्रमहरूको घोषणा गरेको छ । नेकपा महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै चैत २६ गतेदेखि संघर्षका नयाँ कार्यक्रमहरू घोषणा गरेका हुन् । विज्ञप्तिमा सरकारको प्रतिबन्धबिरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

विप्लव समूहका स्याङ्जा जिल्ला सेक्रेटरी सहित दुई जना पक्राउ

3 years ago

स्याङ्जा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्याङ्जा जिल्ला सेक्रेटरी सहित दुई जना पक्राउ परेका छन् । जिल्ला सेक्रेटरी गोकुल पराजुली र मजदुर महासंघका अध्यक्ष गोविन्द ओली ‘जीवन’लाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

विप्लवका १७ कार्यकर्ता धराैटीमा रिहा

3 years ago

चौतारा । राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे नगरपालिका निवासी इन्द्रबहादुर ठकुरीलाई रु. २५ हजार तथा अन्य १३ लाई जनही रु छ हजार धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।

विप्लव समूहका तीन कार्यकर्ताले गरे पार्टी परित्यागकाे घाेषणा

3 years ago

गोरखा । गोरखामा नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन कार्यकर्ताले समूह परित्यागको घोषणा गरेका छन् । बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गरी समूहका जिल्ला सदस्य अनिल कुमाल, युवा कमिटी सदस्य गोकुल कुमाल र इलाका कमिटी सदस्य मेघराज कुमालले समूह परित्याग गरेको घोषणा गरेका हुन् ।

Page 1 of 4

पर्यटन

दसैँमा किन घुम्ने कर्णाली ?

दसैँमा किन घुम्ने कर्णाली ?

कर्णाली । दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दसैँ बिदामा आउने कर्णालीवासी र प्रदेश बाहिरका पर्यटकको पखाइँमा छन्, यहाँका पर्यटकीयस्थल ।

जीवनशैली

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

विचित्र विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको ट्वीट ?

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको  ट्वीट ?

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले सोमबार ट्विटर प्रयोगकर्ताहरूलाई रुस र युक्रेन युद्ध अन्त्य गर्ने योजनाबारे उनीहरूको राय मागे। जसका कारण युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मात्र नभई युक्रेनका जनतालाई पनि मन परेन ।