News | Tag: Darchula
दार्चुलामा अज्ञात व्यक्तिबाट दम्पतीको हत्या
3 years agoदार्चुला । महाकाली नगरपालिका–३ काटैमा पसल सञ्चालन गरेर बसेकी वृद्ध दम्पतीको हत्या गरिएको छ । सडक छेउमा पसल सञ्चालन गरेर बसेकी ६५ वर्षीया द्रोपती महरा र उनका श्रीमान ७५ वर्षीय वीरभान महराको हत्या भएको हो । हिजो शनिबार राति घरेलु हतियार लठ्ठी प्रहार गरी महरा दम्पतीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आक्रमणबाट उनका नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते छन् ।
दार्चुलाको खलंगामा खानेपानीको हाहाकार
3 years agoदार्चुला । गर्मी मौसम शुरु भएसँगै दार्चुलाको सदरमुकाम खलंगा बजारमा विगत दुई महिनादेखि खानेपानी हाहाकार भएपछि महाकाली नगरपालिकाले स्थानीयलाई दमकलबाट पानी वितरण गर्दै ।
दार्चुलाको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु
3 years agoदार्चुला । दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । आज बिहान पहिरो खस्दा नौगाड गाउँपालिका–४ सिप्टीका ३९ वर्षीय रघुवीरसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र कठायतले जानकारी दिए ।
दार्चुलामा पनि बस दुर्घटना, २ जनाको मृत्यु १९ जना घाइते
3 years agoदार्चुला । दार्चुलामा मिनीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मालिकार्जुन मन्दिरको मेला भरेर सदरमुकाम खलंगातर्फ आइरहेको म १ ख ४३६ नम्बरको मिनीबस मालिकार्जुन–३, तेर्थालेकमा आज बिहान दुर्घटना भएको हो । बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।
माथिबाट खसेको ढुंगाले लागेर विद्यालय जाँदै गरेकी किशारीको मृत्यु
3 years agoदार्चुला । दार्चुलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिए ।
सीमामा फेरि एसएसबीद्वारा कुटिए नेपाली
4 years agoदार्चुला । दार्चुला सदरमुकाम खलंगाको नेपाल भारत जोड्ने सीमा नाकामा फेरिक भारतीय सीमा सुरक्षा बल एसएसबी ले नेपाली नागरिकमाथि ज्यादती गरेको छ ।
Page 1 of 1
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।